नयाँ विकल्प,
काठमाडौं – सरकारका एक जना मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेसकुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार हल्का ज्वरो आएपछि संक्रमणको आशंकापछि शनिबार बिहान कोरोना परिक्षण गराएका मन्त्री भट्टराईको रिपोर्ट पोजेटिभ आएको हो । सोमबार मात्र कोरोना भाइरसको परिक्षण गराएका भट्टराईको रिपोर्ट त्यसवेला नेगेटिभ आएको थियो ।
बुधबार हेलिकोप्टरमार्फत संखुवासभा, तेह्रथुम र ताप्लेजुङको भ्रमण गरेका उनीसँग गृहसचिव र शसस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल समेत सँगै गएका थिए । मन्त्रीमा कोरोना देखिएसँगै गृहसचिव र सशस्त्रका महानिरिक्षक खनालसमते कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
गत साता मात्र मन्त्री भट्टराईले बैतडीको पाटन, बझाङको चैनपुर र डोटीको दिपायल एयरपोर्टको भ्रमण गरेका थिए । बारम्बार देश दौडाहामा निस्कने मन्त्री भट्टराईले आफूसँगको सम्पर्कमा पछिल्लो साता आएका सबैलाई सचेत र सजगता अपनाउन आग्रह गरेका छन् ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...