नया विकल्प
काठमाडौं – नायक आकाश श्रेष्ठ र मोडल निलम चन्द ‘तिम्रो प्यारमा छु’ बोलको गीतको म्युजिक भिडियोमा रोमान्टिक र प्रेमिल मुडमा प्रस्तुत भएका छन् ।
नेपालीहरुको नजिकिदै गरेको महान चाड बिजया दशमी र दिपावलीलाई लक्षित गरेर गीत संगीत बजारमा आउन थालिरहेको अवस्थामा प्रेमिल शैलीको ‘तिम्रो प्यारमा छु’ गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीले आवाज दिएका छन् ।
गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक श्रेष्ठ र मोडल चन्दको प्रेम र रोमान्सलाई सुन्दर तरिकालाई प्रस्तुत गरिएको छ ।
नारायण सुवेदी ‘आभाष’ले संगीतवद्द गरेको यस गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । भिडियो बुद्ध थापाले छायांकन गरेका हुन भने विकाश धमलाको सम्पादन रहेको छ । निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो ।
ओएस आर डिजिटल मार्फत सार्वजनिक भिडियोले दर्शक स्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । संयुक्त राज्य अमेरिकामा बस्दै आएका जगदीश समाल नेपाली संगीत क्षेत्रका लोकप्रीय गायक हुन् ।
नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...