November 24, 2020, Tuesday

हत्या छानबिनको माग गर्दै जुलुस निकाल्ने सांसद सिंहमाथि प्रहरीको लाठीचार्ज, ५०प्रदर्शनकारी र १९ प्रहरी घाइते


नयाँ विकल्प,
काठमाडौं – सर्लाहीको रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवा पुगेका प्रतिनिधि सभाका सांसद अमरेसकुमार सिंहसहित कांग्रेस कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

प्रहरी कार्यालयतर्फ गएका नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह, नेता नागेन्द्रकुमार यादव, २ नंम्वर प्रदेश सांसदद्वय उपेन्द्र कुशवाहा र वीरेन्द्रप्रसाद सिंहलगायतका नेतासहितको जुलुसलाई प्रहरीले बाटोमै रोकेर लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो ।

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलंगलवा अस्पतालमा परिवारले ल्याउन खोजेपछि प्रहरीले दबाब दिएर वीरगंजस्थित नारायणी अस्पतालमा राखेपछि सर्लाहीको अवस्था तनावपूर्ण रहेको हो ।

मलंगवाको मलंगवा पब्लिक मावि अगाडिबाट शुरु भएको विरोध प्रदर्शनमा सहभागीहरुले हत्याको छानबिन र उजुरी लिन माग जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठी चार्ज गरेको सांसद सिंहले बताए ।

सांसद सिंहले प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेको र लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको बताए । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक राठौरले पीगितको किटानी जाहेरी समेत लिन नमान्नुको पछि गम्भिर षडयन्त्र रहेको पीडित परिवारको दाबी छ ।

प्रतिनिधिसभाका सांसदको ज्ञापन पत्र बुझ्न र छलफल गर्न समेत नचाहेका एसपी राठौर मलंगवमा हिंसा भड्काएर कांग्रेसका कार्यकर्तालाई त्रासमा राख्न चाहेको सांसद अमरेसकुमार सिंहले बताए ।

सर्लाहीका प्रहरी प्रमुख (एसपी) सन्तोषसिंह राठौरले प्रदर्शन नरोके प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंहलाई हतकडी लगाएर थुन्ने धम्की दिएका थिए । कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ ।

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको दाबी गरेका छन् । घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको सिंहले बताएका छन् ।

नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी कांग्रेस सांसद सिंहको छ । उनले नेपाली कांग्रेसमा रहेका राम नेकपामा जान नमानेपछि उनको हत्या भएको बताए ।

प्रहरीले बाहिरका तीनजनालाई पक्राउ गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको कांग्रेसको अरोप छ । यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाइएको थियो ।

प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका पीडित परिवारको आरोप लगाएको छ ।

रामनगर–७ सिसौट बस्ने राममाथि गत असोज २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२–१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरी घाइते बनाएका थिए । घाइते रामको असोज २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो ।

सम्बन्धित समाचार

नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
नेपाली अर्थतन्त्रमा विद्यमान चुनौती
  • २०७७ आश्विन २८, १७: ३३: १०

दुर्गाप्रसाद गौतम, काठमाडाैं-विश्व मानचित्रमा दुई ठूला मुलुकहरू भारत र चीन विच अवस्थित सानो भूपरिवेष्ठित हाम्रो मुलुक नेपाल यसको विकासक्रम र...

उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
उत्तर अफगानिस्तानमा हवाई आक्रमणमा परी ६ जना तालिबानीको मृत्यु
  • २०७७ आश्विन २८, १७: ३३: १०

अफगानिस्तानको सेनाले उत्तरी बाल्ख प्रान्तको ग्रामीण इलाकामा गरेको कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकू मारिएको सेनाले जनाएको छ । अफगान...

बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
बेलिजका प्रधानमन्त्री कोरोना भाइरसबाट सङ्क्रमित
  • २०७७ आश्विन २८, १७: ३३: १०

मेक्सिको सिटी–बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित...

भर्खरै

TOP