नयाँ विकल्प,
काठमाडौं – नवनियुक्त तीन जना मन्त्री विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठले बिहीबार बिहान पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति निवास शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थको जिम्मेवारी पाएका विष्णु पौडेल, शहरी विकासको जिम्मेवारी पाएका कृष्णगोपाल श्रेष्ठ र महिला वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएका लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार तीनै जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गरेकी थिइन् ।
अर्थमन्त्रीको जिम्मेवारी पाएका पौडेल नेकपाका महासचिव हुन् । उनी बालुवाटारको सरकारी जग्गा अपचलन प्रकरणमा मुछिएका व्यक्ति हुन् । पौडेललाई अर्थ मन्त्री बनाउने सर्तमा एक साताअघि लुम्विनी प्रदेशको स्थायी राजधानी बुटबलबाट दाङमा सारिएको चर्चा सत्तारुढ नेकपामा रहेको छ ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...