नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सांसद डा. अमरेसकुमार सिंहसहित पार्टीका नेता र कायृकर्तामाथि प्रहरीले दुव्र्यवहार र दमन गरेको भन्दै कांग्रेसले घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ ।
सर्लाहीको रामनागर गाउँपालिका वडा नं ७ निवासी महेन्द्र रामको गत असोज २२ गते भएको हत्याका आरोपीलाई कारबाही गर्न माग गर्दै बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिन जाँदा प्रहरीले सांसदलाई दुव्र्यवहार र मृतककी श्रीमतीलाई घाइते बनाएको थियो ।
सांसद सिहंससहित प्रदेश सभासभा सदस्यद्वय उपेन्द्र कुसवाह र बीरेन्द्रप्रसाद सिंह, पार्टी जिल्ला सभापति नागेन्द्रकुमार रायसहित हत्या गरिएका महेन्द्र रामकी श्रीमती हत्याको किटानी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय मलंगवा जाँदा प्रहरीको लाठी प्रहार गरी घाइते बनाएको कांग्रेसको दाबी छ ।
बुधबार प्रहरीले किटानी जाहेरी दिन गएका पीडित परिवारका सदस्यसहित कांग्रेसका कार्यकर्तामाथि लाठी चार्ज र अश्रुग्याँस प्रहार गरी ५० जना बढीलाई घाइते बनाएको थियो भने दुई जनालाई प्रक्राउ गरेको छ ।
कांग्रेसले पक्राउ परेका व्यक्तिहरुलाई अविलम्व रिहाई गर्न, मृतकका परिवारको जाहेरी दर्ता गर्न, पीडित परिवारलाई न्याय दिन र आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।
असोज २२ गते हत्या गरिएका रामको शव प्रहरीले जवरजस्ती वीरगञ्जस्थित नारायणी अस्पतालमा राखेको र मृतकको परिवारको जाहेरी समेत दर्ता नगरेको विरोधमा पीडितलाई न्याय दिलाउन कांग्रेस सर्लाहीले बुधबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेको थियो ।
मृतकका तर्फबाट जाहेरी दरखास्त दर्ता गराउन जिल्ला प्रहरी कार्यालय जाँदा सुरक्षाकर्मीको लाठी प्रहारबाट मृतककी श्रीमती, भाई एवं अन्य ३ महिला समेत घाइते भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण्प्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...