नयाँ विकल्प,
काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ह्वात्तै बढ्न थालेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १९ जना थप संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालका कोरोना भाइरसका कारण मृत्यु हुनेको सख्या छ सय ९४ पुगेको छ ।
मन्त्रालयका अनुसार कोरोनाको संक्रमण सबैभन्दा बढी काठमाडौं जिल्लामा फैलिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौ जिल्लामा एक हजार छ सय ९२ जना, ललितपुर जिल्लामा एक सय ८ जना र भक्तपुर जिल्लामा एक सय ३४ जना गरी उपत्यकामा एक हनजार नौ सय ३५ जना संक्रमित थपिएका छन् ।
नेपालमा आज मात्र तीन हजार सात सय ४९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको सख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा बिहीबार मात्र विभिन्न अस्पताल र आइसोलेसनमा रहेका तीन हजार पाँच सय ६४ जना कोरोनाका संक्रमित निको भएका छन् । योसँग कोरोनाबाट डिष्चार्ज हुनेको सख्या ८४ हजार पाँच सय १८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको सख्या ३६ हजार पाँच सय ३३ पुगेको छ भने आइसीयुमा हाल तीन सय ५१ जनाको उपचार भइरहेको छ । त्यस्तै, ६८ जना कोरोनाका विरामीको भेण्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
नयाँ विकल्प बर्दिया- भैंसी चराउन गएका बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय लालबहादुर चौधरीको शव जंगलमा फेला...
नयाँ विकल्प त्रिशूली – नुवाकोटमा निर्माण भइरहेको २५ मेगावाट क्षमताको मुलककै ठूलो सौर्य प्लान्टबाट १० मेगावाट विद्युत् उत्पादन थालिएको छ...
नयाँ विकल्प बाग्लुङ- बालविवाह र यौनजन्य हिंसा न्यूनीकरण तथा महिनावारी स्वच्छताका लागि प्रथम धवलागिरि गाउँपालिकास्तरीय किशोरी सम्मेलनले ११ बँुदे घोषणापत्र...