नयाँ विकल्प,
काठमाडौं – बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि निर्घात कुटपीट भएको घटनाप्रति नेपाल विद्यार्थी संघले निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेको छ ।
नेपाल विद्यार्थी संघका महासचिव बलदेव तिमल्सिनाले कांग्रेस बैतडीका सचिव र नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य बिष्टमाथि ढुङ्गा प्रहार भएको र ढुंगाले टाउकोमा लाग्दा सख्त घाइते भइ हाल उपचार गराई रहेको बताएका छन् ।
गाउँपालिकाको केन्द्र सार्ने बिषयमा बुधबार दिनभरी छलफल भएको बिषयलाई बिनाकारण उचाल्ने र हुल हुज्जतसहित नियोजित आक्रमण गरिनु अत्यन्तै निन्दनीय घटना भएको जनाउँदै महासचिव तिमल्सिनाले घटनाका दोषीलाई हदैसम्म कार्बाहीको माग गरेका हुन् ।
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...
नयाँ बिकल्प, काठमाडौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीशमाथी...
नयाँ विकल्प तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको...