May 13, 2021, Thursday

ओलीको प्रश्न कर्णालीका मुख्यमन्त्रीलाई ‘प्रमुख सचेतक शाहलाई कसले भनेर हटाउनु भो ?, तपाईले देश चलाएको कि प्रदेश’ ?

नयाँ विकल्प
काठमाडौं–कर्णाली प्रदेशको मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा आफ्ने व्यथा सुनाउन बालुवाटार पुगेका प्रदेशका नेताहरुसंग प्रधानमन्त्री केपी शर्मा ओली निकै असन्तुष्ट देखिए । बिशेषगरी प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसंग ओली निकै आक्रोशित बनेका थिए ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई घण्टा लामो छलफलमा प्रधानमन्त्रीले शाहीलाई बारम्बर सोधेका थिए– तपाईले प्रदेश चलाएको हो हो कि देश ?’

ओलीले शाहीसंग सोधेका थिए– तपाईले प्रदेशसभाका मुख्य सचेतक गुलाबजंग शाहलाई कोसंग सोधेर हटाउनु भएको हो ? त्यसपछि फेरि उनी आफु निकट कर्णाली प्रदेशका सह इन्चार्ज यमलाल कँडेलसंग पनि कड्किए– तपाईहरुले अविश्वासको प्रस्ताव कोसंग सल्लाह गरेर ल्याउनु भएको हो’ ?

प्रधानमन्त्रीले प्रदेश देश नभएको र संघीय सरकारको युनिट भएकोले मनपरी नगर्न समेत मुख्यमन्त्रीलाई चेतावनी दिए । उनको प्रश्न थियो– जुन पार्टीको केन्द्रमा सत्ता छ त्यो पार्टीको मुख्यमन्त्रीले मन्त्री थप्न र हेरफेर गर्न प्रधानमन्त्रीसंग परामर्श गर्न आवश्यक छ कि छैन’ ?

प्रधानमन्त्रीले कानूनी रुपमा मुख्यमन्त्रीले त्यो गर्न सक्ने भएपनि मुख्यमन्त्रीले राजनीति हिसाबमा गल्ति गरेको भन्दै अविश्वास प्रस्ताव अगाडिका सबै कुरा यथास्थितिमा राख्न निर्देशन दिएको स्रोतले बतायो ।

अर्का अध्यक्ष प्रचण्डलाई अलग–अलग प्रदेशका नेताहरुले भेट गरेका थिए । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रचण्डबीच कर्णाली प्रदेशमा अनौठो समीकरण भएपछि तत्कालका लागि डुब्न लागेको शाही नेतृत्वको सरकार जोगिएको छ ।

शनिबारको संयुक्त छलफलमा ओलीले दाहाललाई बोलाए पनि उनले दुवै पक्षको कुरा सुनिसकेकाले सहभागी नहुने जवाफ दिएका थिए ।

‘बालुवाटारबाट तपाईं पनि आउनुस् भनेर अध्यक्षलाई फोन आएको थियो, तपाईंले छलफल गर्नुस्, आवश्यक परे सँगै बसौंला भनेर उहाँ जानु भएन ।’ स्रोतले भन्यो ।

दाहालको अनुपस्थितिलाई लिएर पनि प्रधानमन्त्री ओलीले बैठकमा असन्तुष्टि जनाएका थिए । ‘उनले छिट्टै दुवै अध्यक्षसहित बसेर समाधान खोज्ने भन्दै कर्णालीका नेताहरूलाई काठमाडौंमै बस्न आग्रह गरेका छन् । तर शनिबार अबेरसम्म दुई अध्यक्षसहितको बैठक कहिले बस्छ भन्ने यकिन भइसकेको छैन ।

सांसद कँडेलको नेतृत्वमा १८ जना सांसदले गत आइतबार मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि उत्पन्न विवाद निरूपण गर्न पार्टीले दुवै पक्षलाई काठमाडौं बोलाएको थियो ।

शनिबारको भेटमा कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश सहइन्चार्ज तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सांसदद्वय चन्द्रबहादुर शाही र गुलाबजंग शाह, यमलाला कंडेल लगायतका नेताहरु सहभागि थिए ।

सम्बन्धित समाचार

एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
एमाले विवादः माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा
  • २०७७ कार्तिक २, ११: १६: ०३

नयाँ विकल्प, काठमाडाैं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास...

सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
सत्ता संकटमा परेपछि माधव नेपालकाे शरणमा पुगे ओली पक्षीय नेताहरू
  • २०७७ कार्तिक २, ११: १६: ०३

नयाँ विकल्प, काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीकाे सत्ता संकटमा परेपछि माधव नेपाललाइ फकाउन ओली निकट नेताहरू नेपाल निवासमा पुगेका छन्...

सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु
  • २०७७ कार्तिक २, ११: १६: ०३

नयाँ विकल्प, काठमाडाैं- सगरमाथा चढ्न गएका दुई जना विदेशी आरोहीको मृत्यु भएको छ। स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही...

भर्खरै

TOP