March 9, 2021, Tuesday

नेकपा सत्ताको छिनाझम्टी र लुछाचुँडीमा व्यस्त रहेकाे महामन्त्री खड्काकाे आरोप


नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सत्तारुढ दल नेकपा कोरोना भाइरसको संक्रमण नेपालमा फैलिन थालेपछि विगत सात महिनादेखि सत्ताको लुछाचुँडी र छिनाझम्टीमा व्यस्त रहेको बताएका छन् ।

महामन्त्री खड्काले आइतबार सामाजिक सञ्जाल फेसवुकमा आफ्नो आधिकारिक धारणा राख्दै विपत्तिको कहरमा सरकार कुम्भकर्णको जस्तै निन्द्रामा भएर पनि आन्तरिक धन्दामा व्यस्त रहेको दाबी गरेका छन् ।

‘सरकार कुम्भकर्ण निन्द्रामा तर आन्तरिक धन्दामा व्यस्त छ । न जनताको चिन्ता छ, नत देशको नै’ महामन्त्री खड्काले लेखेका छन्, ‘सत्ताधारी पार्टी ७ महिनादेखि सत्ताको आन्तिरिक छिनाझम्टी र लुछाचुँडीमा व्यस्त छ ।’

कोभिड १९ को संक्रमणको महामारीले सिंगो देश अक्रान्त बनेको अवस्थामा समेत सकारमा जिम्मेवारीपन नरहेको दाबी गर्दै खड्काले प्रश्न गरेका छन –‘ यो विपत्तिको कहरमा जनताको लागि खोइ प्रधानमन्त्री ? खोइ सरकार ? खोइ राहत प्याकेज ?’

सरकारमा कुनै जिम्मेवारी बोध नभएको र जनतालाई कुनै भरोसाको सन्देश दिन नसकी अकर्मण्यता प्रस्तुत गर्नु र मौनता देखाउनु दुर्भाग्यपूर्ण भएको खड्काले धारणा राखेका छन् ।

खड्काले कोरोना महामारीबाट आफू बाँच्न र अरुलाई पनि बचाउँदै सक्दो सहयोग गर्न आव्हान समेत गरेका छन् ।

सम्बन्धित समाचार

कर्णाली नदीमा बेपत्ता ४ जनाको शव भेटियो, एकजना अझै बेपत्ता
कर्णाली नदीमा बेपत्ता ४ जनाको शव भेटियो, एकजना अझै बेपत्ता
  • २०७७ कार्तिक २, १५: ३८: १५

नयाँ विकल्प सुर्खेत- कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन...

जेठ १३ देखि २४ सम्म एसइई परीक्षा  सञ्चालन हुने
जेठ १३ देखि २४ सम्म एसइई परीक्षा सञ्चालन हुने
  • २०७७ कार्तिक २, १५: ३८: १५

नयाँ विकल्प काठमाडाैं- माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म चल्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार...

बिस्फोटक पदार्थ आगोलागीमा परी ९८ जनाको मृत्यु, ६१५ घाइते
बिस्फोटक पदार्थ आगोलागीमा परी ९८ जनाको मृत्यु, ६१५ घाइते
  • २०७७ कार्तिक २, १५: ३८: १५

नयाँ विकल्पयाउन्डे–अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् ।...

भर्खरै

TOP