June 19, 2021, Saturday

कोरोना उपचारबाट सरकारले हात झिकेपछि अबको काम लास र संक्रमितको संख्या गन्ने मात्र ?

नयाँ विकल्प
काठमाडौं–स्वास्थ्य मन्त्रालयमा झुण्ड्याएको घडीमा दिउँसोको चार बज्नै लाग्दा कर्मचारीको कुदाकुद चल्छ । कोही क्यामेरा बोकेर कुुद्छन्, कोही पानीको बोतल बोकेर सेमिनार हलतर्फ लाग्छन् । त्यसपछि हातमा फाईल बोकेर सो हलमा पुग्छन् प्रा. डा. जागेश्वरद्ध गौतम ।

उनी स्वास्थ्यमन्त्रालयका प्रवक्ता समेत हुन् । अनि उनीसंगै सांकेतिक भाषाका ज्ञाता छेउमा उभिन्छन्। जब गौतमले मुख चलाउन थाल्छन् तव ती सांकेतिक भाषाका ज्ञाताले हात हल्लाउन थाल्छन् ।

गौतमले भन्छन्, –आज दुःखद् खबर छ यति जना पुरुष र यति जना महिला कोरोना संक्रमणका कारण बित्नुभयो । त्यसपछि उनले अर्को सुःखद् खबर सुनाउछन्– आज यति जना कोरोना निको भएर घर फर्किनुभयो । अनि उनले गर्वका साथ भन्छन्– देशभरी आज यति नयाँं संक्रमित थपिनुभयो, त्यसमा महिला यति पुरुष यति।

कोरोना संक्रमण हुनेको संख्या थपिदै गएपछि उनको मुखराविन्दबाट नयाँं नियम र कार्यविधि समेत सार्वजनिक हुने गर्छ । अघिल्लो दिन आफुले भनेको नियम भोलिपल्ट उनकै मुखबाट बदलिन्छ ।

उनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता भएपनि आईतबारको पत्रकार सम्मेलनपछि धेरैले टिप्प्णी गरे– कोरोनाले निधन भएका मानिसको लास र संक्रमितको संख्या गन्न यत्रो पढे लेखेको विशेषज्ञ चिकित्सकलाई सरकारले किन खटाएको होला ?

आईतबार उनले घोषणा गरे– अब सरकारले संंक्रमितको उपचार गर्दैन, संक्रमितले आफ्ने निजी खर्चमा उपचारगर्नुपर्ने छ । कोरोनाबाट निधन भएकाहरुको लासको व्यवस्थापना समेत परिवारले गर्नुपर्ने छ ।

आईतबारबाट सरकारले कोरोना नियन्त्रण गर्ने बाटोबाट हात झिकेको छ । अब स्वस्थ्य मन्त्रालयको काम प्रवक्ता गौतम मार्फत लास र संक्रमितको संख्या गन्न लगाउने र ठुलो गौरबको काम भएझै गरी भन्न लगाउने ।

सरकारले अरु कुनै काम नगरेपछि ठुलो उत्सवको समाचार जस्तो यति मरे र यति संक्रमित भए भन्ने काम मात्रै सरकारको हो ? भनेर आम प्रश्न उठेको छ ।

सम्बन्धित समाचार

मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
मेलम्ची र हेलम्बुका बाढी पीडितलाई आयल निगमले दिए ग्यास लिलिण्डर र ग्यास चुल्हो
  • २०७७ कार्तिक ३, १३: ११: २३

नयाँ बिकल्प, काठमाडौं । तीन दिनअघि आएको अबिरल वर्षाका कारण बाढी र पहिरोबाट जनधनको क्षति व्यहोरेका सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र...

प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
प्रदेश २ का ७ जिल्लाको पार्टी समायोजनबिरूद्ध उजुरी परेपछि कांग्रेस क्रियाशिल सदस्यता अड्कियाे
  • २०७७ कार्तिक ३, १३: ११: २३

नयाँ बिकल्प, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन काठमाडौंमा गर्ने घोषणा गरे...

ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
ढुंगा, गिटी निकासी नगर्न सर्वोच्चको अन्तरिम आदेश
  • २०७७ कार्तिक ३, १३: ११: २३

नयाँ विकल्प काठमाडौं – सर्वोच्च अदालतले ढुंगा, गिटी बालुवा निकासी गर्ने गरी सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट वक्तव्यमा गरेको...

भर्खरै

TOP