February 26, 2021, Friday

पोलिटिकल इकोनोमीको स्थायित्व विकासको प्रमुख आधार

पोलिटिकल इकोनोमी राज्यका विभिन्न संरचनागत स्वरूपहरूमध्येको एक महत्वपूर्ण स्वरूप हो । जसले नै अर्थव्यवस्थाका अन्य स्वरूपहरू के कस्तो प्रभावकारीताका साथ परिचालन हुन्छन् तथा तिनीहरूले आ–आफ्नो क्षेत्रमा के कसरी क्रियाशील रही समग्र अर्थव्यवस्थाको सकारात्मक उन्नति तथा विकासका लागि सहयोगी रहन्छ भन्ने कुराको विश्लेषण गर्दछ ।

अर्थव्यवस्थाका विभिन्न स्वरूपहरू सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक आदि इत्यादि माथिको नियन्त्रण पनि पोलिटिकल इकोनोमीले नै गर्दछ ।

अतः कुनै पनि मुलुकको समग्र उन्नति र विकासको चरण वा अवस्थाको स्तर उक्त अर्थव्यवस्थामा पोलिटिकल इकोनोमीको अवस्था, स्तर र स्वभावमा निर्भर गर्दछ ।

पोलिटिकल इकोनोमीका विद्वानहरू भन्दछन्, “कुनै पनि मुलुकले त्यति बेला सम्म अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरू शिक्षा, स्वास्थ्य, यातायात, संचार, कानुन, सेवा, कृषि, पर्यटन, विज्ञान, उद्योग, प्रविधि आदिमा सुधार सहितको अभिमुखीकरण तथा परिवर्तन सहितको विकासलाई ग्यारेन्टी गर्न सक्दैन तबसम्म उक्त अर्थव्यवस्थाको पोलिटिकल इकोनोमी प्रणालीत सुदृढ र स्थिर प्रकृतिको हुन्न ।”

उक्त भनाइबाट के स्पष्ट हुन्छ भने कुने पनि मुलुकको विकासका लागि पोलिटिकल इकोनोमीमा स्थायित्व र सबल संयन्त्रको अनिवार्यता रहन्छ ।

यदि पोलिटिकल इकोनोमी प्रणालीत मजबुद भयो र उक्त प्रणालीलाई संचालन गर्ने तत्वहरू यानेकी राजनैतिक कर्मीहरूमा इमानदारीता, सुझबुझ, राष्ट्र र जनताप्रतिको बफादारीता रह्यो भने बल्ल यसले स्थायित्व पाउँछ । फलस्वरूप यसैको प्रभाव दुरगामी रूपमा अर्थव्यवस्थाका अन्य क्षेत्रहरू उद्योग, व्यापार, वाणिज्य, सेवा, कृषि, पर्यटन आदि इत्यादिमा पर्दछ ।

स्व्।भावत नै स्थिर प्रकृतिको स्थायित्वमुखी पोलिटिकल इकोनामेमिको सकारात्मक प्रभावले अर्थव्यवस्थका माथि उल्लेखित र अन्य सबै क्षेत्रमा पद्धति अन्तर्गत विद्यमान रहि अनुशासित ढङ्गले आफ्नो क्षेत्रमा ठूलो लगाव सहितको कार्यलाई बढावा दिन्छ ।

जसको फलस्वरूप अर्थव्यवस्थाका हरेक क्षेत्र पद्धति तथा प्रणाली अन्तर्गत प्रतिबद्ध भई आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहन्छन् । जसले गर्दा अर्थव्यवस्थाका हर क्षेत्रमा विभिन्न आर्थिक, सामाजिक तथा अन्य क्रियाकलापले समग्र अर्थव्यवस्थामा नै सकारात्मक सन्देश प्रवाह गर्ने तैरतरिकाले क्रियाकलाप गर्दछन् ।

परिसणाम स्वरूप अर्थव्यवस्थाको चौतर्फी विकास भई अर्थव्यवस्थाले आर्थिक स्थायित्व प्राप्त गरी विकासको गतिलाई तीब्र बनाउँदै विकसित राष्ट्रको श्रेणीमा आफूलाई उभ्याउन सक्षम रहन्छ ।

आज विश्वका अति विकसित मुलुकहरूको श्रेणीमा लामबद्ध मुलुकहरू अमेरिका, अष्ट्रेलिया, जापान, क्यानाडा, डेनमार्क, फ्रान्स, स्पेन, स्वीजरल्याण्ड, न्यूजील्याण्ड, फिनल्याण्ड, नर्वे जस्ता मुलुकहरूको हालको विकसित अवस्थाको लागि सबै भन्दा बढी जिम्मेवार तत्व भनेको तिनीहरूको अर्थव्यवस्थाको पोलिटिकल इकोनोमीको स्पष्टता, स्थायित्व, स्वच्छन्दता तथा नियन्त्रण नै हो ।

यिनीहरूको पोलिटिकल इकोनोमी स्थायी प्रकृतिको छ जसमा व्यक्तिले भन्दा एक पद्धतिले कार्य गर्दछ । पोलिटिकल इकोनामेीले नै राज्यको विकासका लागि आवश्यक पर्ने नियम, कानुन आदि इत्यादिको तर्जुमा र कार्यान्वयनका आधारहरू तय गर्दछ ।

अतः यो इकोनोमीको संचालनमा शुद्धता, इमान्दारीता, तथा अठोट हुँदा मात्र अर्थव्यवस्थाका अन्य इकोनोमीहरू कृषि, पर्यटन, विज्ञान, उद्योग, संस्कृती, यातायात, संचार, वाणिज्य, सेवा, स्वास्थ्य, शिक्षा आदिले आफूलाई क्षमता बृद्धि सहितको उन्नतिको बाटोतर्फ अग्रसर गराउने अवसर प्राप्त गर्ने हुन् अन्यथा त्यो सम्भव हुँदैन र अर्थव्यवस्थाको विकासको अवस्था ज्यादै कमजोर भई मुलुक अविकसित अवस्थामा गरिबी र पछौटेपनलाई अँगालेर बस्न वाध्य हुन्छ ।

विश्व अर्थव्यवस्थामा रहेका विभिन्न राष्ट्रहरू र तिनीहरूको विगत ७० वर्ष यताको अवस्थालाई हामीले तुलनात्मक अध्ययन गर्ने जमर्को गर्ने हो भने पनि अर्थव्यवस्थाको विकास तथा संबृद्धिका लागि पोलिटिकल इकोनोमिको भूमिका तथा महत्व के हुन्छ भन्ने कुरा छर्लङ्ग पार्न कठिन हुने देखिँदैन ।

विश्वमानचित्रमा सन् १९३० को दशकभन्दा अगाडिसम्म हाम्रै जस्तै आर्थिक विकासको अवस्था भएको दक्षिण कोरियाली अर्थतन्त्र आज कहा पुगेको छ भन्ने कुरलाई मात्र तथ्यगत आङ्कडाहरूलाइ आधार बनाएर अध्ययन गर्ने हो भने धेरै कुरामा स्पष्ट हुने आधारहरू सजिलै तय हुनेछन् ।

दक्षिण कोरियाले आफ्नो विकासको गतीलाई त्यसपछि मात्र सही ढङ्गले तिब्र सम्बोधन गरी आजको विकासलाई सम्भव तुल्याएको हो जब उसले आफ्नो पोलिटिकल इकोनोमीलाई सही बाटोमा डो¥याएर अघि बढ्न सक्यो ।

यसका लागि हामीले दक्षिण कोरियाको आर्थिक विकास र दक्षिण कोरियामा आजको प्रगतिका कारणहरूलाई शूक्ष्म विश्लेषण गर्नु जरुरी हुन्छ । दक्षिण कोरिया मात्र नभइ हङकङ, सिङ्गापुर, चाइना, थाइल्याण्ड जस्ता एशियाली मुलुकहरूले आफ्नो विकास र उन्नतिको बाटोलाई यति स्पष्ट र खुला राख्नुका पछाडि एक महत्वपूर्ण तथा भरपर्दो कारण यिनीहरूको पोलिटिकल इकोनामेमिमा आएको सुझबुझ सहितको परिवर्तन तथा स्थायित्व तथा दिगोपन नै हो ।

आज बेलाबखत विश्वका अति विकसित मुलुकहरूले धेरै किसिमका आर्थिक तथा दैविक विश्रृंखलताहरू भोगिरहनु परेको छ ।

त्यसबाट विश्वका अन्य मुलुकहरू समेत अछुतो रहन नसक्ने आजको विद्यमान विश्व परिस्थ्तििमा पनि आखिर यि मुलुकहरूले यो विश्रृंखलतालाई चिर्दै आफ्नो अवस्थालाई विग्रन कसरी दिएनन्, विकाशोन्मुख तथा अतिकम विकसित मुलुकहरूले किन धेरै प्रयत्नका बाबजुद पनि तिनीहरूको अवस्थमा सुधारका संकेतहरू प्राप्त गर्न सकेनन् भन्ने जिज्ञासाहरूको उत्तर खोज्ने हो भने पनि हामीलाई पोलिटिकल इकोनोमीको महत्वबारे ज्ञात हुन्छ ।

वर्तमान अवस्थामा त अझ सक्षम पोलिटिकल इकोनोमी मात्र राष्ट्रको विकसित दीर्घजीवनको लागि बलियो हतियार हो भन्ने कुरा विश्वमा झन मजबुद हुँदै गएको छ । जसको पहिलो उदाहरण स्वरूप हामी कुटनीतिक क्षेत्रमा अमेरिकादेखि जर्मनीसम्मको सनसनीपूर्ण साझेदार मित्रहरूबीचको गुप्तचरीको वैधानिक निकायहरूद्वारा स्पष्ट गर्ने माग तथा त्यसको स्पष्टोक्तिबाट अझ प्रष्ट हुन सक्दछौँ ।

यहाँ भन्न के मात्र खोजिएको हो भने विश्वका विकसित मुलुकहरूले आफ्नो विकासको अवस्थामा आएको विश्रृंखलतालाई व्यवस्थापन गर्दै विकासको बाटोमा अगाडि उभिइरहन सक्नुको एकमात्र कारण यिनीहरूको पोलिटिकल इकोनोमीको स्पष्टता र उक्त इकोनोमीलाई गभर्न गर्ने नेतृत्वमा देखिएको राष्ट्र र जनताप्रतिको समर्पण नै हो ।

अतः पोलिटिकल इकोनोमीमा स्पष्टता, स्वच्छन्दता, र उक्त इकोनोमीलाई गभर्न गर्ने नेतृत्वमा राष्ट्र र जनताप्रतिको समर्पण, इमान्दारीता, कर्तव्यनिष्ठता जस्ता कुराहरूको अभाव भए सम्म जस्तासुकै सुधार तथा विकासका कार्यक्रमहरू संचालन गरिए पनि यसले अर्थव्यवस्थाको बेथिति र दरिद्रताको अवस्थालाई हटाउनुको सट्टा झनै बृद्धि गर्ने खतरा सधै विद्यमान रहन्छ ।

हामीले यिनै कुराहरूलाई नेपाली अर्थतन्त्रको बनोट हाम्रो पोलिटिकल इकोनोमीको स्वरूप तथा अवस्थासँग दाँजेर हेर्ने कोशिस ग¥यौँ भने नेपाली अर्थतन्त्रको गरिबी, दरिद्रता, पछौटेपन र आजको दुरावस्थाको कारण खोज्न गाह्रो हुने छैन ।

नेपाली अर्थतन्त्रको आधुनिक स्वरूप मिश्रित प्रकृतिको हो भन्ने कुरामा कुनै द्विविधा नभए पनि नेपालको पोलिटिकल इकोनोमी र यसलाई विभिन्न समयमा नेतृत्व गर्ने आजसम्मका नेतृत्वकर्ताहरूमा रहेको दृष्टिकोणविहिनता नै नेपाली अर्थतन्त्रको अविकसित अवस्थाको एकमात्र वस्तुगत कारण हो भन्दा कुनै अत्युक्ति नहोला ।

पोलिटिकल इकोनोमीको स्थायित्वबाट मात्र स्थिर र स्थायी प्रकृतिको व्यवस्थापिकाको परिकल्पना गर्न सकिन्छ । जसको उपस्थितिमा मात्र राज्यका अन्य संयन्त्रहरू न्यायपालिकाको सर्वोच्चता र कार्यापालिकाको वैधानिक कार्यविधिको स्पष्टताको ग्यारेन्टी गर्न सकिन्छ ।

फलस्वरूप चुस्त, इमान्दार र दरिलो कार्यपालिका मार्फत राज्यका विभिन्न दैनिक तथा विकासका कार्यक्रमलाई सही ढङ्गले अगाडि बढाएर राज्यको विकासमा स्थायी प्रकृतिको रोडम्याप तय गर्न सकिन्छ । तर नेपाली अर्थव्यवस्थाको विगत सात दशकदेखिको पोलिटिकल इकोनोमीको अवस्थालाई राम्ररी विश्लेषण गर्ने हो भने के कुरा स्पष्ट भन्न सकिन्छ भने नेपाली अर्थतन्त्रमा पोलिटिकल इकोनोमीको ज्यादै तरल अवस्थ नै नेपाली समाजको संबृद्धिका लागि ठूलो तगारो हो ।

अतः पोलिटिकल इकोनोमीको स्थिरता तथा स्थायित्व विना जुनसुकै पद्धति र मोडल अबलम्बन गरी मुलुकको कायापलट गर्ने कुरो गरे पनि ती केबल गफमा मात्र सीमित हुनेछन् ।

मुलुकको पोलिटिकल इकोनोमीद्वारा नै राज्यले विश्वका अन्य राज्यहरूसँग कस्तो सम्बन्ध विकसित गर्ने भन्ने कुराको निक्र्यौल गर्दछ ।

यति मात्र नभई कुनै पनि मुलुकको पोलिटिकल इकोनोमिद्वारा नै उक्त मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध, उत्पादनका स्रोतहरूको पहिचान तथा प्रयोग, उत्पादित वस्तु तथा सेवाको वितरण, राज्यद्वारा के कस्तो आन्तरिक तथा वाह्य बजारको सृजना तथा विस्तार, लगानीका क्षेत्र निर्धारण, वैदेशिक लगानीका वर्तमान अवस्था तथा बृद्धिका आधार पूँजी बजार तथा मुद्रा बजारको विकास तथा विस्तार जस्ता कुराहरू निर्धारण गरिन्छ ।

जसको समग्र राष्ट्रिय संरचना र यसको संबृद्धिमा ज्यादै ठूलो भूमिका रहन्छ । यदि पोलिटिकल इकोनामेीले माथि उल्लेखित कुराहरूमा राम्रो ध्यान पु¥याउने हो भने यसको लागि पोलिटिकल इकोनोमीको स्थायित्व अत्यावश्यक हुन्छ ।

यसको स्थायित्वका लागि उक्त अर्थव्यवस्थालाई संचालन तथा नियन्त्रण गर्ने नेतृत्वमा राष्ट्र र जनताप्रतिको दायित्व बोधका साथै दृढ इच्छा शक्ति र सबल नेतृत्व क्षमता अत्यावश्यक हुन्छ ।

जसका लागि इमान्दार, देशभक्त, कर्तव्यनिष्ठ, क्षमतावान, व्यक्तिहरू पोलिटिकल इकोनोमी गभर्न गर्न तयार हुनुपर्दछ । साथै जनताले पनि सुझबुझका साथ राष्ट्रिय स्वार्थलाई सर्वोपरी मान्ने सक्षम नेतृत्वको खोजी तथा चयन गर्न सक्नुपर्छ । अन्यथा जतिसुकै प्रयास गरे पनि स्वदेशी तथा विदेशी सदिक्षा तथा सहयोग र योगदानले मात्र कुनै पनि मुलुकको विकासको ग्यारेन्टी गर्न सक्दैन ।

नेपाली अर्थतन्त्रमा यही पोलिटिकल इकोनामेीमा शुद्धताको खाँचो देखिन्छ । यो खाँचो पुरा गर्न सकिए मात्र नेपाली पोलिटिकल इकोनोमिमा स्थायित्व आई यसले अर्थतन्त्रका वाँकी क्षेत्रलाई सहभागिता सहितको नियन्त्रण र निर्देशन गर्न सक्दछ ।

जसको फलस्वरूप नेपाललाई सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भाषिक आदि हिसाबले संबृद्ध गर्न सकिने छ । जसका लागि अनिवार्य शर्त नेपालको पोलिटिकल इकोनोमीको नेतृत्वमा कुशल क्षमतावान राष्ट्र तथा जनताप्रति समर्पित व्यक्तिको पदार्पण हो । अन्यथा जस्तासुकै प्रयास पनि विकासका लागि सार्थक हुने देखिँदैन ।

(लेखक आर्य स्कुल सितापाइलाका संस्थापक प्राचार्य हुन्

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ कार्तिक ३, १४: ५५: १६

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ कार्तिक ३, १४: ५५: १६

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
निगम सुधारका एकजना सुत्रधारः पाइपलाइनको परियोजना पूरा गरेपछि थानकोटमा चमत्कार !
  • २०७७ कार्तिक ३, १४: ५५: १६

नयाँ विकल्पकाठमाडौं । मिहिनेत गर्नेले हरेक समस्यामा अवसर देख्छ, अल्छीले प्रत्येक अवसरमा समस्या मात्रै देख्छ । हिलोमा कमलको फूल फुल्नु...

भर्खरै

TOP