नयाँ विकल्प,
काठमाडौं– लामो समयको अन्तरालपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार बिहान भेट भयो । यो भेट अर्थपूर्ण थियो। दुबैको अनुहार उज्यालो थिएन। तैपनि कर्णाली प्रदेशको विवादका बिषयमा छलफल भयो।
प्रधानमन्त्री ओलीको कुरा सुनेपछि प्रचण्डले तत्काल प्रतिक्रिया जनाए – कर्णाली प्रदेशको कुरामा लाजमर्दो अवस्था भयो। कर्णाली प्रदेश सरकारको विवाद समाधान कसरी गर्ने भन्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच यसरी मत बाझिएको छ ।
कर्णालीको विवाद समाधानका लागि छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्ड मंगलबार बिहान बालुवाटार पुगेका थिए । भेटघाटका क्रममा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले प्रदेशको विवाद माथिबाटै समाधान गरिदिने प्रस्ताव गरेका थिए ।
तर, प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने जवाफ दिएपछि दुई अध्यक्षको मत बाझिएको छ । प्रदेश सरकार भनेको र संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर प्रचण्डले नमानेको स्रोतले बतायो ।
संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ दिएर फर्किएको एक नेताले बताए ।
यसअघि गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश कमिटीका नेताहरुसँग भेटघाट गर्दा प्रचण्डले पहिल्यै छलफल भइसकेको भन्दै सहभागिता जनाएका थिएनन् ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...