नयाँ विकल्प,
काठमाडौं – नेपाली जनसम्पक समिति कुवेतको उपसभापतिमा कृष्णबहादुर तामाङ, कोषाध्यक्षमा चिजबहादुर गुरुङ र प्रवक्तामा दयानिधि काफ्ले चयन भएका छन् ।
जनसम्पर्क समिति कुवेतको कार्यसमिति तथा सल्लाहकारको असोज ३० गते अर्थात अक्टोबर १६ का दिन सम्पन्न संयुक्त बैठकले उनीहरुलाई चयन गरेको हो ।
जनसम्पर्क समिति कुवेतका सभापति राजेन्द्र रसाइली ‘बिरही’ र महामन्त्री केशर घलान तामाङले विज्ञप्ति प्रकाशित गर्दै पार्टीको १४ औं महाधिवेसनमा पार्टीलाई व्यापक र उर्जाशिल बनाउँदै भव्यताका साथ सम्पन्न गर्न कुवेतको तेश्रो अधिवेशनमा पारित ११३ कृयाशिल सदस्यहरुको नविकरण गर्ने निर्णय भएको जनाएका छन् ।
जनसम्पर्क समितिलेको सो बैठकले जनसम्पर्क समिति कुवेतको लागि क्रियाशील सदस्य फारम पाँच सय ३० प्रति ज्ञानबहादुर विश्वकर्मालाई उपलब्ध गराइ दिन अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...
नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...