नयाँ विकल्प,
काठमाडौं – मोरङ जिल्लाको विराटनगर महानगरपालिकासहित अन्य भेगका सात जनाको एकै दिन कोरोना भाइरसको संक्रमणको कारण निधन भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो ।
विराटनगरका विभिन्न अस्पतालमा उपचाररत पाँच महिला र दुई पुरूषको मृत्यु भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट र नोबेल शिक्षण अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।
मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीकोे, विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको र सुनसरीको इटहरी उपमहानगरपालिका –५ का ३८ बर्षे पुरुषको कोशी कोभिड उपचार केन्द्रमा उपभारका क्रममा मृत्यु भएको छ ।
मोरङको रंगेली नगरपालिका–३ का ८५ वर्षीय संक्रमित वृद्धको विराट नर्सिङ होममा,विराटनगरकै न्युरो अस्पतालमा एक बृद्धको, महानगरपालिका–१० नंम्वर वडाकी ६४ वर्षीया महिलाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।
महानगरपालिका–७ की ६९ वर्षीया वृद्धाको पनि नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् ।
मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्धाको पनि मंगबार बिहान निधन भएको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...