नयाँ विकल्प,
काठमाडौं – मुलुकमा दिन दुई गुणा रात चौगुणा महिला माथि हुने हिंसा र बलात्कारका घटना बढी रहेको बेला स्वतस्फूर्त महिलाहरु राजधानीका सडकमा शान्तिपूर्ण प्रदर्शनमा उत्रन थालेका छन् ।
गत वर्ष असारमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बझाङमा सम्झना बिकको पनि बलात्कार पछि हत्या भएको घटनालाई लिएर देशव्यापी खबरदारी चलिरहेका छन् ।
महिला सिंहा र बलात्कारका घटनालाई नियन्त्रण गर्न र दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै महिला अधिकारबादी र महिलाहरुले हालै माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले महिला हिंसा अन्त्य गर, हिँजो निर्मला …आज सम्झना… भोली ??? भन्ने नाराका साथ प्रदर्शनमा उत्रिएका छन् । सरकार बलात्कारका घटना नियन्त्रणको लागि कहिलेसम्म चुप बस्ने भनेर प्रश्न पनि गरेका छन् । महिलाहरूले बलात्कारबाट हत्या गरिएका चेलीकाे सम्झनामा मैन बत्ती बालेका छन् ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...