नयाँ विकल्प,
काठमाडौं – सरकारले कोरोनाको संक्रमण देखिना साथ अस्पताल नआउनु भन्ने उर्दी मान्दा कैलालीमा दुई बृद्धको मृतयु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले एक साताअघि नियमित प्रेस व्रिफिङमा मुलुकमा कोरोना संक्रमितको सख्या बढेकाले संक्रमण देखिए पनि बेहोस हुन लागेपछि मात्र अस्पताल लैजानु भनेर आव्हान गरेका थिए ।
कोरोना संक्रमित भए पनि लक्षण नदेखिएकालाई अस्पताल नल्याई घरमै उपचार गर्नु भनेर आव्हान गर्दै आएको मन्त्रालयले एक साताअघि भने लक्षण देखिए पनि बेहोस होला होला जस्तो भएमा मात्र अस्पतालमा भर्ना गर्न आमनागरिकमा आव्हान गरेको थियो ।
सरकारको यस्तै आग्रह र आव्हानलाई उर्दी सम्झिएर घरमै बसेका दुई बृद्धाको कैलालीमा निधन भएको छ ।
धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षे पुरुष र धनगढीकै ६० वर्षे अर्कोको मृत्यु भएको छ । । सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी २ का ६८ वर्षे ति पुरुषमा असोज २८ गते संक्रमण पुष्टि भएको थियो।
होम आइसोलेसनमै बसिरहेका बेला ति पुरुषको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।
उनको शव अहिले सेती अस्पतालमा राखिएको छ भने अर्का ६० वर्षे व्यापारीको भारतको लखनउमा मृत्यु भएको हो । उनको पनि अवस्था गम्भीर भएपछि उपचारका लागि लखनउ लगिएकोमा उनको सोमबार मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
कोरोनाको सामान्य लक्षण देखिएकालाई समेत अस्पताल नल्याउनु भन्ने सरकारको आग्रहपछि धेरै संक्रमितहरु यतिवेला घरमै रहेका छन् । स्वास्थ्य समस्या जटिल भएपछि मात्र अस्पताल पुर्याउँदा त्यस्ता संक्रमितहरुको निधन हुने गरेको छ ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...