February 26, 2021, Friday

माया प्रिति भनेको प्रकृति जन्य कुरा हो, यो सबै प्राणीमा हुन्छ

एक्कासी तपाईंलाई यति राम्रो गीत कसरी फुर्यो ?
युग धेरै परिवर्तन भएसक्यो । मान्छेको मनमस्तिष्क परिवर्तन भएन । सबै मै’खाऊ, मै’लाउँमै सीमित भए । सम्पत्ति मात्रै ठूलो कुरा होइन । देश र समाजको लागि पनि केही गर्नुपर्छ भन्ने खुलदुली मनमा पलायो । त्यसै मेसोमा यी शब्दहरु मेरो मानसपटलमा आए ।

लकडाउनको उपयोग गर्दा यी शब्दहरु आएका हुन् ?
म सानैदेखि गीतसंगीतको पारखी थिएँ । पढाइमा पनि मलाई नेपाली धेरै मन पर्ने । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाल अछुतो रहेन । लामो समय लकडाउन भयो । त्यो समय घरमा बसेर बिताउनुप¥यो । विश्वका कति धनमनीहरु भाइरसको सिकार भए ।

मलाई पनि धनसम्पत्ति भन्ने कुरा आफ्ना लागि हुन्छ । हामी नेपाली भएर जन्मिएपछि थोरै भएपनि नेपाल र नेपालीका लागि दिनुपर्छ । त्यो अजम्बरी कुरा त पहिचान र कीर्ति हो भन्ने लागेर यी रचनाहरुले स्वागत गरेको हुँ ।

लेखनको लागि पढनुपर्छ, समय चाहिन्छ, तपाईं आफ्नो व्यवसायीमा व्यस्त हुनुहु्रन्छ त्यो कसरी सम्भव भयो ?
‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेजस्तै मनमा इच्छाशक्ति भएपछि असम्भव भन्ने केही छैन । मलाई पहिलादेखिको इच्छा थियो । त्यो मैले लकडाउनको उपयोग गरेर पूरा गरेँ । यी लगायत मैले अरु रचना पनि धेरै तयार गरिसकेको छु । अहिले त थालनी नै भन्दा पनि हुन्छ । धेरै गीतहरु आउनै बाँकी छन् । जिन्दगीमा केही गर्नुपर्छ भन्ने इच्छा जागृत भएपछि अवश्य सफल भइन्छ ।

आफूभित्र इच्छाशक्ति भएपछि लेख्नको लागि पढिरहनु पर्दैन ?
विषयवस्तुको ज्ञान त हुनुपर्छ । तर, कला भन्ने कुरा ईश्वरीय देन पनि हो । सिकाइ त्यसलाई माझ्ने कुरा हो । त्यो इच्छाशक्तिले पनि सिद्ध गर्न सक्छ । मेरो लागि गीत खेल्न कौशल ईश्वरीय बरदान सावित भएको छ । मैले यी गीतका शब्द चयन कुनै किताबको सहारा नलिइकन स्वस्फूर्त ढंगले गरेको हुँ ।

यी गीत लेख्नको लागि कति दिन घोत्लिनुभयो ?
लकडाउनको बेला लगभग एक महिना निस्फिक्री घरमा बसियो । सधैं भीडभाड हुने शहर त्यतिबेला काठमाडौं पुरै सुनसान देखियो । बेलाबेलामा पानी पनि परिरहेको थियो । जताततै हरियाली देखिन थाल्यो ।

वास्तविक वशन्त ऋतुले झकझक्याउन थाल्यो । अनि मलाई लाग्यो प्रकृतिको वास्तविक सुन्दरता त यो पो रहेछ । यसलाई धमिल्याउने काम त मान्छेले विज्ञानको सहारामा गरेको रहेछ । सुन्दरतामा नेपाल पनि कुनै विकसित मुलुक कम छैन ।

यसलाई बचाउन केही लेखेर सन्देश दिउँ भनेर यो गीत लेख्न पुगेको हुँ । एक महिना अन्तरालको प्रतिफल हुन् मेरा कीर्तिहरु । त्यति धेरै घोत्लिइरहनु परेन ।

‘सुन्दर नेपाल’
कति सुन्दर नेपाल देश चादीको घडामा …,
सुनको हिमालले छेकेको,
पूर्व मेची नदी, पश्चिम महाकाली ….,
रगतले लेखेको …
सानो छ है नभन .. .
मेरो देश नेपालले दूर्बिनले हेरेको …,

यो ‘सुन्दर नेपाल’ नामक राष्ट्रियताले ओतप्रोत गीत चाहीं तपाईंको आत्मामा कसरी जागृत भयो ?
सबैतिर धुँवा, धुलो, तुवालो हटेपछि प्रकृतिमा धेरै सुन्दरता देखियो । त्यतिबेला आहा विश्वसँग तुलना गर्दा नेपाल पनि सुन्दर त छैन । अझ प्राकृतिक सौन्दर्यमा नेपाल अब्बल देखियो । सुन्दर नेपाल भनेपछि जातिजाति, वर्ग, समुदाय सबै मिलेर राष्ट्र बन्ने हो ।

त्यसमा हिमाल, पहाड, तराई सबै पर्दछन् । ठाउँ विशेष समुदायहरु मिलेर बसेका छन् । यसलाई पछिल्लो पुस्ताले बिर्सिदै गएको छ । त्यसैले हामीले आफ्नो बलबुताले भ्याएसम्म देशको लागि केही गर्नुपर्छ । हाम्रो देश नेपाल कम सुन्दर छैन है भन्ने सन्देशका साथ यो गीत लेखेको हुँ । नेपाल बहुजाति, भाषा, धर्मका मान्छेहरु बस्छन् ।

त्यसोभए सुन्दरता हेर्न नेपाली विदेसिनु पर्दैन नेपाललै काफी छ ?
प्राकृतिक सौन्दर्यको लागि विदेसिनु पर्दैन नेपाललै काफी छ । कमाउन पनि विदेश गइरहनुपर्दैन । काम गर्ने हो भने नेपालमा पनि सम्भव छ । ठाउँ सुहाउँदो काम गर्ने हो भने नेपालमा नहुने केही छैन । यसको बारेमा मैले अर्को गीत लेख्दै छु । ‘बैंस जति’, ‘चाँदनी रात’ भन्ने गीत आउँदैछ ।

यति सालिन शब्दमा माया प्रितीका गीत लेख्ने झोक कसरी चल्यो ?
अहिले मायाप्रितिका लोक, आधुनिक गीतहरु धेरै उच्छृंखल बन्दै गएका छन् । त्यसलाई चिर्दै सालिन शाब्दमा पनि कसरी माया प्रितिको भाव झल्कन्छ ? त्यसलाई उजागर गर्न खोजेको छु । त्योसँग हाम्रो धर्म, संस्कृति, संस्कार, परम्परा कस्तो छ । त्यो सुहाउँदो शब्दबाट पनि माया प्रिति गाँस्न सकिन्छ भन्ने सन्देश पनि दिन खोजिएको छ ।

भोलि बिहान उज्यालो हुँदा कमला नदी सँगसँगै तरौला भन्ने जीवनमा घटेको घटना त होइन ?
मेरो जीवनमा घटेको घटना होइन । मानिसहरुको जीवनमा घटिरहेका घटनाहरुलाई उजागर गरेर त्यो शब्द लेखेको हुँ । माया प्रिति भनेको प्रकृतिजन्य कुरा हो । यो सबै प्राणीमा हुन्छ ।

अझ मानव जीवनमा त अपरिहार्य नै छ । एक रथको दुई पाङ्ग्रा भनेजस्तै एक्लैले ताली बज्दैन । माया प्रेम सृष्टि धान्ने विषयसँग जोडिन्छ । उसलाई उजागर गर्ने तरिका फरक हुन्छन् ।

तपाईंको भनाइ युवाहरु विदेसिने होइन नेपालमै काम गर्नुपर्छ हो ?
होइन, युवाहरु विदेशै जानुहुँदैन भन्ने होइन । जानुपर्छ सिक्नुपर्छ त्यहाँ सिकेका सीप र क्षमता नेपालमा ल्याएर काम गर्नुपर्यो। यहाँ विदेशमा गएर हराउने चलन छ । मैले चाहीं विदेशमा सिकेको सीप क्षमता नेपालमा ल्याएर उपयोग गरौं भन्ने सन्देश दिन खोजेको हुँ ।

सम्बन्धित समाचार

नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
नेकपा बिबाद छिनोफानो नभएसम्म प्रचण्ड –माधव वा ओली कसैलाई पनि कांग्रेसले समर्थन नगर्ने
  • २०७७ कार्तिक ६, १४: १४: ३५

नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनस्र्थापनापछि बन्ने नयाँ सरकारको विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिबाद छिनोफानो...

प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
प्रविणको संकास्पद मृत्युु प्रकरणमा ‘प्रहरीमाथी लागेको धब्बा’ मेटाउन सरकार किन काँपीरहेछ ?
  • २०७७ कार्तिक ६, १४: १४: ३५

नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...

युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश
  • २०७७ कार्तिक ६, १४: १४: ३५

काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...

भर्खरै

TOP