February 27, 2021, Saturday

एकीकरण हुँदा पदाधिकारी भएका पूर्वराजपाका नेता घटुवा भएपछि जनता समाजवादीमा भाँडभैलो


नयाँ विकल्प,

काठमाडौं – ६ जना अध्यक्ष भएको तत्कालिन राष्ट्रिय जनता पार्टी, नेपाल र २ जना अध्यक्ष भएको समाजवादी पार्टी नेपालबीच पार्टी एकता भएको ६ महिनापछि केन्द्रीय समितिमा रहनेको नाम टुंगो लागेको छ । तर पदाधिकारीबाट सदस्यमा घटुवा भएकाहरुले भने ठूलै चित्त दुखाएका छन् ।

तत्कालिन राजपा नेपालमा एक सय ३५ जना पदाधिकारी थिए । त्यो सख्या पनि करिव दुई सयबाट घटाएर एक सय ३५ गराइएको हो । राजपाले निर्वाचन आयोगमा पछिल्लो पटक केन्द्रीय पदाधिकारीको नामावली पठाउादा एक सय ३५ जना पदाधिकारी रहने जनाएको थियो ।

महन्थ ठाकुर र राजेन्द्र महतोको हालिमुहाली रहेको राजपाका एक सय ३५ जना पदाधिकारीलाई घटाएर २६ जनामा झार्दा राजपाका नेताहरुलाई फलामको चिउरा चपाए झैं भएको थियो ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकीकरण हुँदा पदाधिकारी भएका कतिपय नेतालाई केन्द्रीय सदस्यमा झारिएको थियो ।

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको दुई दिनसम्म बसेको बैठकले पाँच नेतालाई शीष पद दिएको छ भने ४६ जनालाई केन्द्रीय कार्यकारिणी सदस्य बनाउने निर्णय गरेको त जनता समाजबादीको केन्द्रीय कार्यकारिणीलाई पदाधिकारीको हैसियत दिइएको छ ।

केन्द्रीय सदस्यमा भने दुवै पार्टीका नेता मिलाएर ७ सय २८ लाई चयन गरिएको छ । पाँच शीर्ष नेतामा पूर्वराजपाका २ जना र पूर्वसमाजवादीका ३ जना छन भने केन्द्रीय कार्यकारिणीमा पूर्वराजपाका २४ र समाजवादीका २५ जना रहेका छन् ।

केन्द्रीय सदस्य ७ सय २८ जनामा ५१ प्रतिशत पूर्वराजपाका नेता छन् भने ४९ प्रतिशत पूर्वसमाजबादीका रहेका छन् ।

यसअघि मर्यादाक्रममा कहिले ५ नम्वरमा त कहिले ३ नम्वरमा परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्षको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ भने असोककुमार राई र राजेन्द्र महतोलाई बरिष्ठ नताको जिम्मेवारी दिइएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्यमा राजपाको तत्कालिन अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीलाई मर्यादाक्रममा पहिलो नम्वरमा राखिएको छ भने अनिलकुमार झालाई दोश्रो, महेन्द्र राय यादवलाई तेश्रो र राजकिशोर यादवलाई चौथो नम्वरमा राखिएको छ ।

केन्द्रीय कार्यकारिणी सदस्यमा सर्वेन्द्रनाथ शुक्ल, बृषेशचन्द्र लाल, गोविन्द चौधरी, जितेन्द्रप्रसाद सोनार, उमाकान्त झा, चन्दा चौधरी, लक्ष्मणलाल कर्ण, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोसर साह, मनिषकुमार सुमन, राजकुमार लेखी र अमृता अग्रहहरी रहेका छन् ।

राजपाले हाल कैद भुक्तान गरिरहेका रेशमलाल चौधरीदेखि राजपाका तत्कालिन वरिष्ठ उपाध्यक्ष रामनरेश राय यादव तत्कालिन महासचिव केशवकुमार झा, अकबल अहमद शाह, निर्जला राउत, रमेशप्रसाद यादव, सुनिलकुमार झा र गजाधर रोहिता यादव केन्द्रीय कार्यकारिणी सदस्य हुन् ।

त्यस्तै, तत्कालिन समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठसहित नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, २ नम्वर प्रदेशका मुख्यमन्त्री मो. लालबबु राउत, हिसिला यमी, हेमराज राई, गंगा नारायण श्रेष्ठ, रणध्वज लिम्व कार्यकारिणी सदस्य भएका छन् ।

समाजवादीका तत्कालिन महासचिव रामसहायप्रसाद यादव, डम्वर बल्लभ खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी, मोहम्मद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत, प्रसान्त सिंह, भक्तबहादुर शाह, सुशीला श्रेष्ठ र विजयकुमार यादव पनि केन्द्रीय कार्यकारिणी सदस्यमा चयन भएका छन् ।

केन्द्रीय सदस्य भएका ७ सय २८ जनाको मर्यादाक्रम नछुट्याइ बर्णानुक्रम अनुसार राखिएको छ ।

सम्बन्धित समाचार

संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
संसद् बैठक अबदेखि नियमित चल्छः सभामुख सापकोटा
  • २०७७ कार्तिक ६, १४: ३८: ५०

नयाँ विकल्पकाठमाडाैं- सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । शनिवार चितवन पुगेका सभामुख...

राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक  : नेता सिंह
राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ आवस्यक : नेता सिंह
  • २०७७ कार्तिक ६, १४: ३८: ५०

नयाँ विकल्पकाठमाडाैं-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ...

पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
पार्टीको ह्विप नमान्नेलाई कारबाही : प्रमुख सचेतक भट्टराई
  • २०७७ कार्तिक ६, १४: ३८: ५०

नयाँ विकल्पकाठमाडाैं- नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सय भन्दा बढी...

भर्खरै

TOP