काठमाडौं–कोरोना भाईरसबाट नेपालमा २४ घण्टामा संक्रमित हुनेको संख्या ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा संक्रमितको संख्या एक लाख ४८ हजार ५०९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र बिहीबार १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १३ हजार ३३९ जना रहेका छन् भने होम आइसोलेशनमा ३१ हजार ५३८ जना छन् । यस्तै क्वारेन्टाइनमा तीन हजार ७५१ जना छन् ।
काठमाडौंमा १२ सय ८३, ललितपुरमा १५७ र भक्तपुरमा ११२ गरेर उपत्यकामा १५ सय ५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए ।
बिहीबार ३२ सय १५ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ । २४ घण्टामा २१ जनाको कोरोनाकै कारण मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या नेपालमा ८१२ पुगेको छ ।
नयाँ बिकल्प,काठमाडौं – सानालाई ऐन, ठूलालाई चैन भने झैं मोरङको उर्लाबारी ५ का प्रविण बाँस्तोलाको गत पुस ५ गते भएको...
काराकास–भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा...
इन्डोनेसियाको केन्द्रिय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुृको साथै अन्य करिब...