नयाँ विकल्प
काठमाडौं – कोरोना भाईरसको संक्रमण देखिएपछि सरकारी निवासको आइसोलेसनमा बसेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ ।
पौडेललाई बिहिबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भए पछि होम आइसोलेसनमा बसेका उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकास दाहालले जनाएका छन् ।
मुख्य मन्त्री पौडेललाई गंगालाल हृदय केन्द्र बाँसबारीमा उपचारका लागि लगिएको छ । अहिले पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
हालै मुटुको अपरेसन गरेका कारण समयमा नै उपचारमा सचेतता अपनाएको पौडेललको सचिवललयले जानकारी दिएको छ । पौडेललाई सामान्य रुघा लागेको बताइएको छ ।
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...