नयाँ विकल्प
काठमाडाैं – पर्सा प्रहरीले अवैध रूपमा ल्याइएका लाखाैंका समाना बरामद गरेकाे छ । भंसार छली ल्याउदै गरेको हार्डवेयर तथा सर्टिङ सुटिङका कपडालगायतका मालबस्तु बरामद गरिएकाे प्रहरीले जनाएकाे छ ।
लत्ताकपडा तथा हार्ड वेयर पार्टसहरु लगायतका मालवस्तु भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ लिई आउदैछ भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज -१८ सिताराम चोकबाट ९ लाख ४३ हजार ६५० मुल्य बराबरकाे हार्डवेयरका सामान बरामद गरेकाे छ ।
त्यस्तै पर्सा प्रहरीले अवैध रूपमा जंगल फडानी गरी सालको काठ तस्करी गरेकाे अवस्थामा बारा प्रसौनी -५ का सरोजकुमार साहलाइ नियन्त्रणमा लिएकाे छ । गस्तिमा रहेकाे प्रहरी टाेलिले ना.२ त ७९०५ नम्बरको ट्याक्टर रोकी चेकजाँच गर्दा सालकाे काठ बरामद गरेकाे जनाएकाे छ ।
नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...
नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...