नयाँ विकल्प ,
काठमाडाैं-छिमेकी राष्ट्र भारतको देहरादुनस्थित एक आश्रममा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई निर्घात कुटपिट भएको बारे सत्य तथ्य बुझ्न सरकारी टाेली घटनास्थल पुगेकाे छ । देहरादुन घटनास्थल पुग्याे सरकारी टाेलीले गुम्बामा गुम्बामा आश्रित बिद्यार्थीमाथी निर्घात कुटपिट भएकाे ठहर गरेकाे छ ।
भारतको देहरादुनस्थित आश्रममा करिब ५९ जना नेपाली बालबालिकामा खानाको विषयलाई लिएर त्यहाँका लामाले निर्मम यातना दिएका छन् ।
शाक्य गुम्बामा सरकारी टाेली सहित दिल्लीस्थिती प्रवासी नेता आरबी खड्काकाे टाेली पुगेकाे छ।
देहरादुनको भगवान्तपुर, पुरकोल रोडस्थित शाक्य एकेडमीमा अध्ययनरत नेपाली बालबालिकामाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको थियाे ।
साे गुम्बामा अध्यायनरत बागलुङ, रुकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछापका अभिभावकहरूले आफ्ना बालबच्चाकाे उद्दारको लागि सरकारसंग आग्रह गरेका छन् ।
यातना पाएका भनिएका ७ जना नेपाली विद्यार्थी नेपाल आईपुगेकाे बताइएकाे छ । देहरादूतस्थित शाक्य गुम्बाले सञ्चालन गर्दै आएको बोर्डिङमा भारतीय प्रशाशन उत्तराखण्ड बाल संरक्षण अधिकार आयोगकी अध्यक्ष उषा नेगी सहित खड्का तथा संचारकर्मीकाे टाेली पुगेकाे हाे ।
बिहीबारमात्र साे बिद्यालयमा अध्यनरत ५१ बिद्यार्थीमाथि कुटपिट भएकाे घटना बाहिर आएकाे थियाे । कुटपिटमा गरिएका मध्ये ४२ जना घाइते भएका छन्।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...