नयाँ विकल्प
काठमाडाैं-दक्षिण कोरियाली पूर्वराष्ट्रपति ली म्युङ वाकलाई सर्वोच्च अदालतले घुस लिएको तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति बनेका अनुदारवादी नेता लीलाई उनकै अनुरोधमा मुद्दाको फैसला नहुँदासम्म धरौटीमा रिहा गरिएको थियो ।
फैसलाको पर्खाइमा रहेका लीले आफ्ना विश्वासपात्रमार्फत आर्थिक अनियमितता गरेको आरोप लागेको थियो ।यो फैसलाले पूर्वराष्ट्रपति लीलाई पुनरावेदनको सुविधा दिएको छैन । यदि राष्ट्रपतिबाट सजाय माफ नभए उनले जेलमा नै मृत्यु पर्खनुको विकल्प छैन । उनलाई जेलमा फिर्ता लान प्रहरी सियोलस्थित उनको घरमा पुगेको थियो ।
अदालतले उनलाई २५ अर्ब २० करोड कोरियन वन अनियमितता र नौ अर्ब ४० करोड वनबराबर घुस स्वीकार गरेको ठहर गर्दै १७ वर्षको जेल सजाय तोकिएको हो ।लीमाथि यसबाहेक अन्य आर्थिक अनियमिततासम्बन्धी मुद्दामा पनि संलग्नता रहेको आरोप लागेको छ । स्मरण रहोस्– लीका उत्तराधिकारी पार्क ग्युन हेले पनि शक्तिको दुरुपयोग गरेको र घुस स्वीकार गरेको अभियोगमा दोषी ठहर गर्दै २० वर्ष जेल सजाय तोकिएको र उनले जेल सजाय भोगिरहेका छन् ।
पूर्वराष्ट्रपति तथा उदारवादी नेता रो मु ह्युनमाथि पनि भ्रष्टाचार आरोप लागेपछि उनले आत्महत्या गरेका थिए । रो वर्तमान राष्ट्रपति मुन जाय इनको राजनीतिक सल्लाहाकारका रूपमा काम गर्थे । योन्हाप समाचार एजेन्सीका अनुसार उनले स्वास्थ्यको कारण देखाउँदै तत्काल पक्राउ नगर्न आग्रह गरेका थिए ।
उनको अनुरोधलाई प्रहरीले आगामी सोमबार हिरासतमा लिने गरी मानेको छ । अक्सर राजनीतिक प्रतिद्वन्द्वीहरूका उत्तराधिकारीहरूको अनुसन्धानको परिणामस्वरूप दक्षिण कोरियाका चारैजना पूर्वराष्ट्रपति या त जेलमा छन् वा जेल सजाय पाएका छन् ।लीलाई पहिलोपटक सन् २०१८ को अन्त्यमा भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाइएको थियो ।
उक्त मुद्दामा पुनरावेदन अदालतले उनलाई १७ वर्ष सजाय तोकेको थियो । उनले देशको सर्वोच्च अदालतमा पुनरावेदन गरेपछि नयाँ निर्णय नहुँदासम्मका लागि उनलाई जमानतमा रिहा गरिएको थियो ।
नयाँ विकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि स भा विघटन गरेको बिरुद्धमा मंगलबार केश मुण्डनसहित कालो पहिरनमा...
नयाँ विकल्प, काठमाडौं– नेपाल प्रहरी डिएसपी (प्रहरी नायव उपरिक्षक) कुमुद ढुंगेललाई एक वर्षअघि काठमाडौंको रानिबारीस्थित लालेन्द्र शेरचनको घरमा लुटपाटको घटनामा...
नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसङ्गठन र तहका...