नयाँ विकल्प
काठमाडाैं- जिल्ला प्रहरी कार्यालय सुनसरीले १ थान पेस्तोल र सो पेस्तोलमा लाग्ने म्याग्जीनमा लोड गरेको २ राउन्ड गोली सहित २३ वर्षीय टुम नारायण यादवलाई नियन्त्रणमा लिएकाे छ ।
प्रहरीले यादवलाई भोक्राहा नरसिंह गाँउपालिका-७ बाठ बुधबार प्रहरीले पक्राउ गरेको जनाएकाे छ । पक्राउ परेका यादवले स्थानीय मानिसहरुलाई ज्यान मार्ने धाकधम्की दिएको र घरमा पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा शौचालयको सेफ्टी टयाङकी छेउमा झोलाभित्र उक्त हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहाले कर्जन्हा नगरपालिका-२ बन्दीपुर बजार बस्ने २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई १ थान कटुवा पेस्तोल, सो पेस्तोलमा लाग्ने १ थान गोली र नियन्त्रित लागूऔषध ६ थान नाईट्रोभेट ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बन्दीपुरबाट गस्तीमा खटिएको प्रहरीले डिम्पललाई स.७ प२५५३ नम्बरको मोटरसाइकल र उक्त सामान सहित बन्दीपुर बजारमा फेला पारेपछि थप अनुसन्धानको क्रममा प्रेमनाथलाई समेत पक्राउ गरेको हो । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
नयाँ बिकल्प, काठमाडौं । राजधानी काठमाडौंका वासिन्दाले जीवित संस्कृतिको सम्पदाको रुपमा मान्दै आएका सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र पुननिर्माण कार्यको...
नयाँ विकल्प काठमाडौं – वरिष्ठ पत्रकार तथा विकल्प राष्ट्रिय साप्ताहिक र नयाँ विकल्प डट कमका प्रधान सम्पादक दामोदर प्रसाद दवाडीलाइ...
नयाँ बिकल्प, काठमाडौं – नेपाली कांग्रेसका पुराना नेता तथा राष्ट्रिय सभाका पूर्वसदस्य सांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राती काठमाडौमा निधन...