नयाँ विकल्प,
काठमाडाैं-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका पदाधिकारी र चिकित्सकलाई कोरोना संक्रमण भएको छ । प्रतिष्ठानका पदाधिकारी रजिष्ट्रार विश्वराज काफ्ले, शिक्षाध्यक्ष डा. निरेश थापालाई कोरोना संक्रमण भएको हो ।
त्यसैगरी प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरु सुर्यमान लिम्बु, धिरेन्द्र काफ्ले, अनुप मंगल समाललाई कोरोना संक्रमण देखिएको हो । संक्रमणको लक्षण देखिएपछि बिहीबार प्रतिष्ठानकै ल्यावमा कोरोना परीक्षण गर्दा पुष्टि भएको हो ।
उनिहरूलाइ दुईदिन अघिदेखि ज्वरो आउने र शरिर दुख्ने भएपछि बिहीबार पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । उनले कोभिडबाट बच्न सकेसम्म सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमण देखिन पुगेकोर रजिष्ट्रार काफ्लेले बताए ।
याे संगै जुम्लामा सक्रिय संक्रमितको संख्या ४४ पुगेको छ । यससँगै अहिलेसम्म संक्रमित हुनेको संख्या तीन सय ३७ पुगेको छ । उनीहरूमध्ये दुई सय ९३ जना निको भएका छन् ।
सक्रिय संक्रमितमध्ये चारजना संस्थागत आइसोलेसनमा र ४० जना होम आइसोलेसनमा राखिएकाे छ ।
लकडाउन भएयता भारतबाट एक हजार एक सय ७२ जना तथा मलेसिया, कतारलगायतका तेस्रो मुलुकबाट ३२ जना आएका छन ।
नयाँ विकल्प काठमाडाैं- नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुुलुकका ७५३ वटै पालिकामा आज विरोध ¥याली र सभा गरेको छ ।...
नयाँ विकल्प विराटनगर-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धमा सर्वोच्च अदालतले दिने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य हुने बताएका...
नयाँ विकल्प भरतपुर-पूर्वी चितवनको रत्ननगरमा जिल्लामै पहिलो आकाशे पुलको उद्घाटन गरिएको छ । वाग्मती प्रदेश सरकार र रत्ननगर नगरपालिकाले पूर्व–पश्चिम...