नयाँ विकल्प,
काकरभिट्टा – कोरोना भाइरस संक्रमणले मुलुकमा महामारी फैलिइरहेको बेला पूर्वी नेपालको मेचीनगरस्थित काकरभिट्टामा पाँच तारे ‘होटल मेची क्राउन’ सञ्चालनमा आएको छ ।
कोरोना संक्रमणपछि बन्दा बन्दीले गर्दा निर्धारित समयभन्दा झण्डै ६ महिनापछि संचालनमा आएको यो होटलमा विजया दशमीको अवसरमा समेत देश भित्र र देश वाहिरका पाउनाले सेवा लिएका छन् । विशेष गरी पश्चिम बंगाल, दार्जेलिङ र सिक्किमका ग्राहकको होटलमा आकर्षण बढेको छ ।
पश्चिम बंगाल राज्यको पश्चिम उत्तर क्षेत्रमा पाँच तारे होटल नभएकाले नेपालीका साथै भारतीय र बंगलादेशका पर्यटकका लागि समेत बैकल्पिक रोजाईको होटल हुन सक्ने होटल मेची क्राउनका ब्यवस्थापक दीपक लेखकले जनाए ।
करिव एक अर्ब ५० करोडको लगानीमा खुलेको सो होटल ८ बिघा जमिनमा फैलिएको । होटल परिसरमा भीआइपीको आगमनका लागि हेलीप्याडको समेत व्यवस्था छ भने ५ सयभन्दा बढी सवारी साधन पार्किङको सुविधा छ ।
जम्मा एक सय ५ कोठा रहेको यो होटलमा ५ वटा मेची सुइट्स रुम, १० वटा एग्जुकेटिभ भिल्ला रुम, १९ मेची क्लब रुम र ७१ वटा डिलक्स रुम रहेको व्यवस्थापक लेखकले जनाए ।
विवाह, बैठक, सम्मेलन, सेमिनार आदीका लागि पनि सुबिधा सम्पन्न हल तथा दुई वटा रेष्टुरेन्ट रहेको होटल मेची क्राउनमा क्यासिनो समेत पूर्णरुपमा सञ्चालनमा आएपछि करिव एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाउने भएका छन् ।
राजधानी काठमाडौंवाहिर खुलेको यो होटल दोश्रो पाँच तारे होटल हो । उपत्यकावाहिरको पहिलो पाँच तारे होटल भने पोखरास्थित होटल फुलबारी हो ।
यो होटल भद्रपुर विमानस्थलबाट १७ किलोमिटरको दुरीमा छ भने भारतको पश्चिम बंगालस्थित बागडोग्रा अन्तराष्ट्रिय विमानस्थलबाट २५ किलोमिटरको दुरीमा रहेको छ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...