February 26, 2021, Friday

मानव संशाधन विकास आजको आवश्यकता

कुनैपनि मुलुकमा उपलब्ध साधन तथा स्रोतका साथै मुलुकको कुल सामथ्र्यको उच्चतम दोहन गरी आन्तरिक तथा वाह्य कल्याणकारीतामा बृद्धि गर्ने एक मात्र साधन मानव संशाधन हो ।

मानव संशाधनको उच्चतम विकासका साथै यसको अर्थव्यवस्थामा गरिने सही परिचालनबाट मात्र कुनै पनि मुलुकको वास्तविक आवश्यकतालाई खुट्याई सोही अनुरुपको निधानका उपायहरु अवलम्बन गर्न सकिन्छ ।

त्यसै भएर आजको समाजमा विकासका विभिन्न मापन एकाइहरु मध्येको एक महत्वपूर्ण र भरपर्दो एकाइका रुपमा मानव संशाधनलाई लिने गरिन्छ । सन् १९९० मा संयुक्त राष्ट्र संघले प्रकाशित गरेको मानव विकास प्रतिवेदनले मानव संशाधनलाई मुलुकको आर्थिक विकासमा एक महत्वपूर्ण सूचांक मान्दै विकासको स्तर मापनमा मानव विकास सूचांकलाई प्रयोग गर्दै आएको छ । मानव विकास सूचांकलाई मापन गर्न उक्त प्रतिवेदनमा साक्षरता, प्रतिव्यक्ति आय, जीवन प्रत्याशा, स्वास्थ्य आदि चरहरुलाई आधार बनाएको पाइन्छ ।

मुलुकको विकास तथा बृद्धिलाई मापन गर्न मानव विकास सूचांकको निर्माण पश्चात पनि विभिन्न सूचांकहरु प्रतिपादित र प्रयोग नभएका भने होइनन् । तथापि वर्तमान समयसम्म पनि मानव विकास सूचांक जीवनस्तर मापनदेखि विकास स्तर मापन र स्तरोत्तर बृद्धिका लागि एक महत्वपुर्ण तथा भरपर्दो आधार हो भन्ने कुरामा कहिँ कतै दुईमत देखिँदैन ।

दक्षता, सीप, तालिम शिक्षा, पोषण, स्वासथ्य आदि जस्ता कुराहरु प्रत्यक्ष रुपमा मुलुकहरुको मानव विकासको अवस्थासँग जोडिएको हुन्छ । साथै दक्षता, सीप, तालिम, शिक्षा, पोषण आदि जस्ता कुराहरु फेरी मुलुकको भूबनोट, प्राकृतिक अवस्था आन्तरिक आवश्यकता विद्यमान भौगोलिक, आर्थिक, सांस्कृतिक, सामाजिक साथै विभिन्न धार्मिक मान्यता आदिमा निर्भर रहेको हुन्छ ।

तर मानव विकास सूचांकको मापनमा माथि उल्लेखित सामाजिक, सांस्कृतिक र धार्मिक सूचांकहरुलाई खासै आधार बनाएर विश्लेषण गरेको अर्थशास्त्र तथा व्यवस्थापकीय अर्थशास्त्रमा विरलै पाइन्छ ।

त्यसै कारण पनि मानव विकास सूचांकको अवस्था र प्रतिफल बाबजुद पनि वास्तविक अवस्था विभिन्न मुलुकहरुमा भिन्न भिन्न भएको हुन सक्छ जसका लागि थप अनुसन्धान र खोज जरुरी देखिन्छ ।

तथापि विद्यमान अवस्थामा पनि जे जति आधारहरुलाई मानव विकासको सूचांक मानी मानव विकासको अवस्थालाई मापनगर्दै आइरहेको छ साथै त्यसैलाई आधार बनाएर मानव विकासको अवस्थालाई प्रक्षेपण गर्दै आएको छ यसले प्रष्टसँग मानव संशाधन विकासको अवस्था र अर्थव्यवस्थाको कूल सम्बृद्धिका बीच भने सकारात्मक सम्बन्ध नै स्थापित गरेको पाइन्छ ।

कुनै पनि मुलुकमा मानव संसाधन विकासको अवस्था राम्रो छ भने यसले मुलुकको कूल सम्बृद्धि पनि उल्लेख्य राम्रो अवस्थामा रहेको कुरालाई बोध गराएको देखिन्छ ।

अर्कोतर्फ मानव संशाधन विकासको अवस्था कमजोर भएका मुलुकहरुको कूल सम्बृद्धिको अवस्था पनि कमजोर नै रहेको देखिन्छ । अतः हरेक मुलुकहरुले आफ्नो कूल सम्बृद्धिको अवस्था पनि कमजोर नै रहेको देखिनछ ।

अतः हरेक मुलुकहरुले आफ्नो कूल सम्बृद्धिको अपेक्षालाई पूरा गर्दै मुलुकको समग्र विकास सहितको कूलग्राहस्थ उत्पादनका साथै समानतामा आधारित वितरण प्रणालीको विकास सहितको उच्च प्रतिव्यक्ति आयको प्राप्तिका लागि पनि मानव संशाधनको तीब्र विकास गर्न जरुरी देखिन्छ ।

वर्तमान समयमा मानव संशाधनको विकासलाई तीब्र महत्वमा राख्दै तदअनुरुपको क्रियाशीलतामा जोड पु¥याउनसकेका मुलुकहरुमा नै दक्ष साथै अदक्ष मानव संशाधनको सहज उपलब्धता रहेको देखिन्छ । यसबाट अदक्ष मानव संशाधनको क्षमता बृद्धिमा गरेको तीब्र लगानी स्वरुप दक्ष जनशक्तिको मात्रा बृद्धि गरी इच्छित विकासको लक्ष्य पूरा गर्न सकेको देखिन्छ । यसका लागि पनि जनशक्तिको यथोचित व्यवस्थापन महत्वपूर्ण रहन्छ ।

आज विश्वका कतिपय विकसित मुलुकहरुले आफ्नो मुलुकहरुमा रहेको न्यून जनशक्तिको चापलाई विभिन्न नीति, अन्तर्गत स्थायी बसोबासको प्रबन्ध मिलाई आफ्नो मुलुकतिर लगी राखेका छन् जसको कारण अल्पविकसित तथा कमजोर मुलुकहरुबाट एकातर्फ ठूलो जनशक्ति विदेशी रहेको अवस्था छ भने अर्कोतर्फ राज्यले मानव संशाधनको दक्षता दिनानुदिन गुमाउँदै गएको छ जसका कारण तालिम तथा शिक्षाद्धारा जनशक्तिलाई दक्ष बनाउने योजना नै तर्जुमा भए पनि मानव संशाधनको अभाव खड्किने निश्चित प्राय छ ।

आज विश्वमान चित्रमा जे जति मुलुकहरु गरिबीको रेखामुनी रहन वाध्य छन् ती मुलुकहरुको मानव संशाधन विकास सूचांक ज्यादै नराम्रो स्थितिमा रहेको देखिन्छ । मानव विकास सूचांकको सुधार विना विकासको गति सम्भव छैन । फेरी मानव विकास सूचांकको सुधारका लागि जीवन प्रत्याशा प्रतिव्यक्ति आम्दानी, शिक्षा तथा साक्षरता आदि जस्ता कुरामा सुधार आवश्यक छ ।

नेपाली अर्थव्यवस्थामा मानव विकास सूचांकको अवस्थालाई नियाल्दा यसको अवस्था अर्थव्यवस्थाको सम्बृद्धिका लागि त्यति सहज रहेको पाइँदैन । विश्वका कम मानव विकासको अवस्थालाई झेलीरहेका मुलुकहरु मध्येको एकमा हाम्रो मुलुक नेपाल पर्दछ ।

मानव विकास परिसूचकका मापनमा प्रयोग हुने एकाइहरु जीवन प्रत्याशा साक्षरता वा दैनिक स्तर तथा प्रतिव्यक्ति आय जस्ता आधारहरुमा उल्लेख्य मात्रामा बृद्धि तथा परिवर्तन हुन नसकेको कारणपनि मानव विकासको अवस्था हाम्रो मुलुकमा न्यून रहेको देखिन्छ ।

मानव संशाधन विकासका लागि भनी पछिल्लो समय ठूलो धनराशी शिक्षा, स्वास्थ्य, जस्ता कुराहरुको सरल पहुँचका लागि खर्च भईरहेको भए पनि यो केबल बालुवामा पानी हाले सरह मात्र भएकोदेखिन्छ । राज्यले मानव संशाधनको भौगोलिक अनुकूलता साथै अर्थव्यवस्थाको आवश्यकता अनुरुप विकास गर्न नसक्दा सम्म मुलुकको विकास सम्भव छैन ।

आज विश्वमा प्राकृतिक साधन तथा स्रोतहरुको कम उपलब्धताका बाबजुद पनि कतिपय मुलुकहरु मानवसंशाधनको यथोचित विकासबाट सम्बृद्धिशाली भइसकेका छन् ।

हाम्रो मुलुक भने प्रचुर प्राकृतिक संशाधनको उपलब्धतामा पनि विश्वका कतिपय विकसित मुलुकहरुको अग्रहारमा उभिएको छ । यो परिस्थितिको निराकरण गरी नेपाली अर्थव्यवस्थालाई सम्बृद्धितर्फ लाने प्रयत्न हामीहरुले गर्ने हो भने सर्बप्रथम हाम्रो विद्यमान मानव संशाधनको दक्षता, क्षमता र अवस्था सुधारमा लगानी गर्नुपर्ने देखिन्छ ।

जबसम्म हामीले नेपाली अर्थव्यवस्थाको मौलिकतालाई मनन गरी तदअनुरुपको मानव संशाधनको दक्षता बृद्धि सहित व्यवस्थापन गर्न सक्दैनौँ तबसम्म हाम्रो अर्थव्यवस्थाका विभिन्न क्षेत्रहरु उद्योग, कृषि, पर्यटन, भौतिक पूर्वाधार, वाणिज्य आदिमा उल्लेख्य सुधार र विकास गर्न सक्दैनौँ ।

यी समग्र क्षेत्रहरुमा यथोचित व्यवस्थापन सहितको विस्तार र विकास विना मुलुकले उल्लेख्य बृद्धि सहितको सम्बृद्धि हासिल गर्न कठिन हुन्छ ।

अतः मानव संशाधनको विकास नै नेपाली अर्थव्यवस्थको सुधार तथा विकासका लागि आजको सबैभन्दा प्रमुख आवश्यकता हो । शिक्षा, तालिम, अवसर, आदिमा बृद्धि गर्ने योजनाहरु अवलम्बन गरी सरोकारवालाहरुको ध्यान मानवसंशाधन विकासमा केन्द्रित गर्न सके मात्र हामी भोलिको नेपाल सम्बृद्धि हुने स्वप्न देख्न सक्दछौँ ।

अन्यथा मानव संशाधनको यथोचित व्यवस्थापन, परिचालन र विकासमा ध्यान पु¥याउन नसकेकै कारण हाम्रो उर्जाशील जनशक्तिको भरपूर प्रयोग अन्तर्राष्ट्रिय श्रमबजारले गरिरहने छ ।

हामी भने त्यही श्रम बजारबाट प्राप्त रेमिट्यान्सलाई हेरी रमाइरहने छौँ । यो प्रक्रिया निरन्तर रहँदा हामी आर्थिक रुपमा अझ कमजोर र जरजर हुनेछौँ । त्यसैले बेलैमा नेपाली अर्थव्यवस्थामा मानव संशाधनको यथोचित व्यवस्थापन सहितको विकास मुलुकको समग्र हित र दीर्घकालीन सम्बृद्धिका लागि अत्यावश्यक देखिन्छ ।

यसका लागि विद्यमान शैक्षिक गुणस्तरमा व्यापक सुधार सहित मौलिक अर्थव्यवस्थाको आवश्यकता अनुरुपको प्राविधिक शिक्षामा जोड दिनु जस्री छ । शिक्षा, स्वास्थ्य, रोजगारी अवसर आदिमा आम जनताहरुको पहुँच बृद्धिमा ध्यान दिन सके मात्र मानवीय संशाधनको विकास भई अर्थवयवस्थाको सम्बृद्धिका लागि आवश्यक जनशक्ति तयार गर्न सकिनेछ ।

(लेखक आर्य स्कुल सितापाइलाका संस्थापक प्राचार्य हुन्

सम्बन्धित समाचार

नेकपाका दुुई समूह मिलाउन चिनियाँ राजदूतको दौडधुप
नेकपाका दुुई समूह मिलाउन चिनियाँ राजदूतको दौडधुप
  • २०७७ कार्तिक १७, ११: ३७: २८

नयाँ बिकल्प,काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयसँगै दुुई समूहमा बिभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मिलाउन...

प्रधानमन्त्रीले ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक, अधिवेशन वाेलाउने कि अध्यादेश ल्याउने !
प्रधानमन्त्रीले ओलीले बाेलाए मन्त्रिपरिषद् बैठक, अधिवेशन वाेलाउने कि अध्यादेश ल्याउने !
  • २०७७ कार्तिक १७, ११: ३७: २८

नयाँ विकल्प , काठमाडाैं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले...

डिजिटल बजारमा ‘मैना’
डिजिटल बजारमा ‘मैना’
  • २०७७ कार्तिक १७, ११: ३७: २८

काठमाडौं–प्रतिभाशाली युवा कलाकार बिज्ञान र मोडेल गरिमा शर्माको दमदार अभिनय रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘ुमैना’ डिजिटल बजारमा सार्वजनिक भएको...

भर्खरै

TOP