नयाँ विकल्प,
काठमाडौं – पार्टीको आगामी फागुन ७ देखि १० गतेसम्म हुने १४ औं महाधिवेशनको मिति सार्ने कि तयारी गर्ने ? भन्ने विषयमा छलफल गर्न शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अलमलमा पर्ने भएको छ ।
कांग्रेस असन्तुष्ट नेता रामचनद्र पौडेल पक्षले गत असोज १२ गते पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको १६ बुँदे माग सम्बोधन गर्ने विषयमा संस्थापन पक्ष सकारात्मक नभएपछि पार्टीको औपचारिक बैठक नै बस्ने वा नबस्ने अन्योल भएको हो ।
‘हामीले अघि सारेका माग संवोधन गर्न संस्थापन पक्ष सकारात्म देखिएको छैन’, नेता डा. मिनेन्द्र रिजालले भने, ‘त्यसवेलासम्म १४औं महाधिवेशनको नयाँ मिति निर्धारणका विषयमा छलफल हुने र निष्कर्ष निकाल्ने अवस्था आउँदैन, अब निकास दिने जिम्मेवारी संस्थापन पक्षकै छन ।’
पार्टी सभापति शेरबहादुर देउवाले कार्तिक २१ गते बोलाएको केन्द्रीय समितिको बैठक र पौडेल समूहले बुझाएको १६ बुँदे ध्यानाकर्षण पत्रले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।
देउवाले केन्द्रीय कार्यसमिति बैठकका एजेण्डामा पूर्वसहमति जुटाउने उदेश्यले आज १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् । असन्तुष्ट पक्षले विभागहरू विधान विपरित गठन गरेकाले खारेज गर्न माग गरेका छन् ।
पौडेल समूहले महाधिवेशनको आधारभूत पूर्वाधारको रुपमा क्रियाशील सदस्यता वितरणसहितका कार्यलाई पन्छाएर १४ औं महाधिवेशनको मिति मात्र सार्न संस्थापन पक्षले हतार गरेको भन्दै असन्तुष्टि जनाएको छ ।
महाधिवेशन तयारीका लागि तयारी समितिहरू गठन गर्नु भन्दा चार वर्षअघि नै गर्नु पर्ने विभाग गठन हाल आएर गरेको भन्दै पौडेल समूहका नेताहरुले निर्वाचन आचार संहिता र पार्टी विधानविपरित भएका निर्णय सच्याए मात्र केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने चेतावनी दिएको छ ।
पार्टीको असार २२ गतेको निर्णयले गत साउन १० गते भित्र समायोजन प्रक्रिया सकाएर साउन मसान्त भित्रमा क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्नु पर्ने सीमा तोकिए पनि हालसम्म नविकरण र वितरण कार्य सम्पन्न भएको छैन ।
यस्ता छन् पाैडेल समूहका बखेडा
असन्तुष्ट नेताहरुले विधान बमोजिम क्रियाशिल सदस्ता नविकरण र वितरणको लागि सम्वन्धीत पार्टी जिल्ला कार्यसमितिबाट क्षेत्रीय समिति हुँदै वडा कार्यसमितिमा फारम लाने गरिन्छ । तर, पार्टी कार्यालयले केही जिल्लामा आफू निकटका व्यक्तिलाई फारम दिएर पठाएको आरोप पौडेल समूहको छ।
कांग्रेसको महाधिवेशन आउन साडे तीन महिना मात्र वाँकी रहँदा समेत पार्टीको संगठन समायोजन नसकिएको, सकिएको ठाउँमा पनि संस्थापन पक्षले कैलालीसहितका जिल्लामा क्रियाशील सदस्यता नपठाएको असन्तुष्टको गुनासो छ ।
पार्टीको केन्द्रीय निर्वाचन समितिले पठाएको निर्णयलाई सर्लाहीको जिल्ला कार्यसमितिले मानेको छैन भने सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा जिल्लाको समायोजन प्रकृया पुरा भएको छैन ।
केन्द्रीय निर्वाचन समितिको परिपत्रलाई लत्याउँदै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मुस्ताङ जिल्लामा समायोजन सकिए पनि क्रियाशील सदस्यता केन्द्रले दिएको छैन भने सोलुखुम्बुमा केन्द्रीय निर्वाचन समितिले जाँचबुझ गरी क्रियाशील सदस्यताको लागि सिफारिस गरिसकेको महिनौं बितिसक्दा समेत क्रियाशील सदस्यता रोकिएको छ ।
असन्तुष्ट नेताहरुले विदेशस्थित जनसम्पर्क समितिहरू अमेरिका, अस्ट्रेलिया, बेल्जियम लगायतमा मनोमानी ढंगले नियुक्ति र बर्खास्त गरेको तथा विधान बमोजिम महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबाट पार्टीको महाधिवशेन प्रतिनिधिको रुपमा प्रतिनिधि पठाउन नपाइने अडान राख्दै आएका छन् ।
नेपाली कांग्रेसका सम्पूर्ण भ्रातृ संस्थाको म्याद समाप्त भएको छ भने नेपाल प्रेस युनियन जस्ता शुभेच्छुक सस्थाको पनि आवधिक महाधिवशेन हुन सकेको छैन ।
यसरी महाधिवेशनको मिति मात्र सार्ने बहाना नगरी भ्रातृ सस्था, विभाग गठन र क्रियाशिल सदस्यता वितरण र नविकरणका समस्या समाधान गर्न पौडेल पक्षका २७ जना केन्द्रीय सदस्यहरुले सभापति देउवालाई एक साताको अल्टिमेटम दिएका थिए ।
देउवालाइ दबाब दिने र नदिने यी नेता
पौडेल समूहको यस्तो मागप्रति तेश्रो धारको नेतृत्व गरिरहेका नेता कृष्णप्रसाद सिटौला र उनी निकटका केन्द्रीय कार्यसमिति सदस्यहरु युवा नेता गगनकुमार थापा, उमाकान्त चौधरी, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईंले १६ बँुँदे मागपत्रमा हस्ताक्षर गरेका छैनन् ।
सभापति देउवालाई ध्यानकर्षण पत्र बुझाउनेमा हस्ताक्षर गरेकी नेतृ सुजाता कोइरालाले भने चरम असन्तुष्टि जनाएकी छन् । उनले पार्टीलाई सभापति देउवाले राम्रोसँग चलाउन नसक्दा अर्का नेता पौडेलबाट पनि त्यो सम्भव नहुने बताएकी थिइन ।
सोमबार सभापति देउवाले बोलाएको अनौपचारिक बैठकअघि असन्तुष्ट नेता पौडेल पक्षले जुममार्फत आइतबार छलफल कार्यक्रम राखेको थियो ।
सो बैठकमा नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, महेश आर्चाय, शेखर कोइराला, मीनेन्द्र रिजाल, दिपक गिरी, चन्द्रकान्त भण्डारी सहभागी थिए ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...