May 13, 2021, Thursday

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीसहितका नेताको बैठक सानेपामा


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी शुक्रबार बोलाएको पार्टी केन्द्रीय कार्यसमिति बैठकका एजेण्डामा सहमति जुटाउने उदेश्यले सोमबार दिउँसो पार्टी पदाधिकारीको बैठक बोलाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो साडे दुई बजेबाट शुरु बैठकमा सन्तुष्ट नेता रामचन्द्र पौडेल समूहले राखेका १६ बुँदे मागका सम्वन्धमा छलफल गरेर सहमति जुटाउने उदेश्य रहेको पार्टी सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए ।

बैठकमा सभापति देउवासहित नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय विमलेन्द्र निधि र बिजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी छन् ।

बैठकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, नेताहरु डा. मिनेन्द्रप्रसाद रिजाल, रमेश लेखक, आन्नदप्रसाद ढुङ्गाना, ज्ञानेन्द्र बहादुर कार्की, बल बहादुर केसी, एनपी साउद, डा.चन्दकान्त भण्डारी र गगनकुमार थापाको उपस्थिति छ ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गुरुङ पुनः मुख्यमन्त्रीमा नियुक्त
  • २०७७ कार्तिक १७, १६: ४३: २९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा...

गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
गण्डकी प्रदेशको मुख्य मन्त्री बन्न कांग्रेसका नेपालीको दाबी, प्रदेश प्रमुखले बनाईन एमालेका गुरुङलाई
  • २०७७ कार्तिक १७, १६: ४३: २९

नयाँ बिकल्प,पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले आव्हान गरे बमोजिम समय सीमा भित्रै तीन दलको समर्थनमा...

सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
सरकारले हवाई ढुवानीको व्यवस्था नगर्दा चिनियाँ बिमानस्थलमा नेपालका स्वास्थ्य सामग्री अलपत्र
  • २०७७ कार्तिक १७, १६: ४३: २९

नयाँ बिकल्प,काठमाडौं । नेपाली कांग्रेसले कोभिड १९ महामारीको कारणले संक्रमितको हजारौं संख्या र मृत्यु हुनेको सयांै संख्यामा वृद्धि भइरहँदा नेपालका...

भर्खरै

TOP