नयाँ विकल्प
सन्धिखर्क – नेपाली कांग्रेसका क्रियाशिल नेता तथा युवा ब्यावसायी यम पाण्डेले अर्घाखाँचीकाे छत्रदेव गाउपालिका-४ स्थित पाैराणिक महत्व बाेकेकाे कालिका मन्दिरमा पुजापाठकालागि लाग्ने सम्मुर्ण खर्चकाे जिम्मा लिएका छन् ।
अर्घाखाँचीकै सबैभन्दा पुरानाे र धार्मिक महत्व बाेकेकाे श्री कालिका मन्दिरमा पाण्डेकाे सहयाेगपछि दैनिक पुजापाठ हुने भएकाे छ । नेपाली कांग्रेसका पुराना तथा बाैदिक नेता इश्वरी प्रसाद पाण्डे सुपुत्र यम पाण्डे काठमाडाैंमा समेत सफल ब्यावसायीका रूपमा परिचित छन् ।
छत्रदेव गाउपालिका केरूङगामा जन्मेका पाण्डेकाे प्रत्यक्ष लगानीमा काठमाडौं को सुकेधारामा प्रशम्सा ईन्टरप्राईजेज लगाउत उपत्यकाका विभिन्न स्थानमा झण्डै आधा दर्जन ब्यावसाय सञ्चालनमा छन् । स्कुले जिवनदेखि नेपाली कांग्रेसमा क्रियाशिल रहेर काम गरेका पाण्डे छत्रदेव गाउँपालीकाका लाेकप्रिय युवा नेता हुन् ।
पान्डेले मन्दिर सन्चालक समिति का अध्यक्ष तथा पदाधिकारी हरु सग समन्वय गरि मन्दिरका लागि १ लाख ३५ हजार खर्च हुने र सो रकम आफुले मन्दिर ब्यबस्थापन समितिलाई हस्तान्तरण गर्ने पान्डेले जानकारी दिए ।
सनातन धर्ममा विश्वास गर्ने पाण्डेले नेपालमा विभिन्न प्रलाेभन र दवावमा धर्म परिवतर्न भैरहेकाे बारे चिन्ता ब्यक्त गर्दै सनातन धर्म बचाउनकालागि पनि नियमित हिन्दु धार्मिक स्थानमा नियमित पुजापाठ हुनुपर्ने बताउँछन् ।
पाण्डेले कालिका मन्दिरमा दैनिक पुजापाठ गर्न लाग्ने खर्च दिने खबरले छत्रदेवका बासिन्दा अत्यान्तै उत्साहित भएकाे र मन्दिर संरक्षणमा एकताबद्द भएर लागेकाे स्थानीय हाेम प्रसाद पाण्डेले बताए ।
नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...
नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...