नयाँ विकल्प,
काठमाडौं – कांग्रेसका नेता रामचन्द्र पौडेलले देशव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट पार्टीकै केही प्रदेश र जिल्लास्तरीय नेता संक्रमित भएकोमा स्वास्थ्य लाभको कामना गरे । तर, भेन्टिलेटरमा उपचाररत केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भने विर्सिए ।
कांग्रेस केन्द्रीय सदस्य, पूर्ववाणिज्य मन्त्री, प्रतिनिधिसभा सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा विगत ६ दिनदेखि ग्राण्डी अस्पतालमा भेण्टिलेटरमा राखेर उपचाररत छन् ।
कांग्रेसका धेरै नेताले उनको उपचारमा ख्याल गर्न सरकारको समेत ध्यानाकर्षण गराए ।
तर, नेता पौडेलले सोमबार सामाजिक सञ्जाल फेसवुकमार्फत कोरोना संक्रमित भएका केन्द्रीय सदस्य श्याम घिमिरे, सुनसरी जिल्ला सभापति तथा प्रदेश १ संसदीय दलका नेता राजिव कोइराला लगायतलाई स्वास्थ्य लाभको कामना गर्दा विश्वकर्मालाई भने विर्सिए ।
पौडेलले पार्टीको सुनसरी सुनसरी जिल्ला सचिव केदार भन्डारी, मोरङका नेता गोपाल राजभण्डारी , उर्लावारी नगरपालिकाका मेयर खड्ग फागो , प्रदेश सांसद लोकप्रसाद संग्रौला र नेवि संघका पूर्व महामन्त्री मनोज मणि आचार्यको स्वास्थ अवस्था बुझ्दा सुधार भएको जनाउँदै सबैको शीघ्र स्वास्थलाभको कामना रेका थिए ।
पौडेलले आफ्नै गृह जिल्ला तनहुको पूर्व जिल्ला कार्यसमितिका सभापति रघुनाथ पौडेल कोरोना लागेर स्वास्थ्य स्थिति जटिल बनेपछि काठमाडौं ल्याएर उपचार गरिएको थियो । तर नेता पौडेलले उनलाई चार दिनपछि मात्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
नेता पौडेलको सचिवालयले सूचना अद्यावधिक गर्ने र सही सूचना समयमा नदिँदा यस्तो भएको हुन सक्ने नेता पौडेल निकट एक नेताले बताए । तर, कतिपयले आफ्नो समूह र गुटसँग मेल नखाने नेतालाई पौडेलले खासै वास्ता नगर्ने पौडेलविरोधी नेताहरुको दाबी छ ।
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...
नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...
नयाँ बिकल्प,काठमाडौं – सर्वोच्च अदालतको गत फागुन ११ गतेको आदेशपछि पुनस्र्थापित भएको प्रतिनिधिसभाको पहिलो बैठक सत्तारुढ दलका सांसदको बिहस्कार र...