नयाँ विकल्प
स्याङ्जा–देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन्।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् ।
गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् ।
दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताए ।
“विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनुपर्छ ।
गतवर्ष छ रोपनी जमिनमा अदुवाखेती गरेका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् । अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदुवा खेतीबाट रु दुई लाख आम्दानी भएको थियो । रानाले, “यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।” तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिने बताए ।
गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवा खेती गरेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवा खेती गरेका हुन् ।
गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवा खेतीमा लागेको रानाले बताए ।
नगरपालिकाले समेत व्यावसायिक रूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए । अदुवासँगसँगै बाख्रापालनसमेत गरेका उनले रु ३०÷४० हजार कमाउनका लागि विदेशिनु नपर्ने बताए । –रासस
१. प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलासमा बहसमा रहेको वहुप्रतीक्षित रिटको फैसला २०७७ साल फागुन ११ गते भयो र त्यो फैसलाले...
नयाँ बिकल्प,तुलसीपुर – पुनरावेदन अदालतका एक न्यायाधीशकी श्रीमती समेत रहेकी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला कमिटी...
नयाँ विकल्पचितवन–उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसाय प्रवद्र्धनका लागि अनलाइन सेवा सञ्चालन गर्ने भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन...