November 25, 2020, Wednesday

विराटनगरको न्युरो अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

नयाँ विकल्प


माेरङ – विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड-१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए । विराटनगर- ११ का ४९ वर्षीय पुरुष र धरान-१५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो । २७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।

१४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

सम्बन्धित समाचार

भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
भारतले ४३ वटा चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगायाे
  • २०७७ कार्तिक १८, १२: ११: ४९

नयाँ विकल्प नयाँदिल्ली – भारतले मंगलबार अरु ४३ वटा मोबाइल एप्सलाई प्रतिबन्धित गरेको छ । प्रतिबन्धित एप्सहरुमा सीमा विवाद जारी...

भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने
भोटेकोशी लिस्तीका किसानलाई चौँरी वितरण गरिने
  • २०७७ कार्तिक १८, १२: ११: ४९

नयाँ विकल्प चाैतारा-सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ लिस्तीका चौँरीपालक किसानलाई उन्नत नश्लका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय...

मर्दी हिमाल जान नयाँ पदमार्ग बनाउँने तयारी
मर्दी हिमाल जान नयाँ पदमार्ग बनाउँने तयारी
  • २०७७ कार्तिक १८, १२: ११: ४९

पाेखरा- कास्कीको प्रसिद्ध पर्यटकीय गन्तव्य मर्दी हिमाल पुग्न नयाँ पदमार्ग बनाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको रु १० लाख...

भर्खरै

TOP