नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा सदस्य मिनबहादुर विश्वकर्माको होस खुलेको छ ।
कोरोना भाइरसबाट संक्रमित विश्वकर्माको विगत एक सातादेखि ग्राण्डि इन्टरनेसनल अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भएको थियो । बेहोस अवस्थामा रहेका नेता विश्वकर्माको होस खुलेको छ भने कोभिड १९ नेगेटिभ आएको छ ।
कात्तिक १ गतेदेखि कोरोना पुष्टि भएपछि घरमै आराम गरिरहेका विश्वकर्मालाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । स्वास प्रस्वासमा समस्या भएपछि बीरअस्पतालमा भर्ना गरिएका उनलाई पछि ग्राण्डि लगिएको थियो ।
नेता विश्वकर्मालाई निमोनिया भएपछि भेण्टिलेटरमा राखिएको थियो । उनको उपचारमा ध्यान दिन कांग्रेसले सरकारको ध्यानाकर्षण गराउनुको साथै एयर एम्वुलेन्समार्फत नयाँ दिल्ली लैजान समेत आग्रह गरेको थियो ।
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...
नयाँ विकल्पदमौली–तनहुँको म्याग्दे गाउँपालिका–३ साउनेपानी निवासी पदममाया थापाले २३ वर्षअघि श्रीमान् गुमाईन् । श्रीमान् बित्दा उनको काखमा पाँच वर्षकी छोरी...