बेइजिङ, – अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ । आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।
गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन । चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् ।
अस्ट्रेलियाले गत अप्रिलमा कोरोनाभाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ । त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धिका साथै अन्य कारबाही गरिसकेको छ ।
चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।
नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...
नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...