नयाँ विकल्प
काठमाडाैं- भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे आज बुधबार नेपाल आउँदैछन्। नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा तीन दिने औपचारिक भ्रमणका लागि नरवणे नेपाल आउन लागेका हुन्।
सेनाध्यक्ष नरवणेको भ्रमण २०७६ माघ २० गतेका लागि नै तय भएको थियो। नेपाल भारत विचकाे राजनीतिक तथा सिमा विवादका कारण भ्रमण राेकिएकाे बताइन्छ । नरवणे कालापानी-लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। उनले चीनको उक्साहटमा नेपालले सो सीमा विवाद निकालेको दाबी गरेका थिए।
नेपालबारे विवादित अभिब्यक्ती दिएका भारतीय सेनाध्यक्ष नरवणेकाे नेपाल भ्रमणकाबेला विराेध हुनसक्ने विश्लेषण सुरक्षा निकायले गरेकाे छ । नेपाली सेनाका प्रवक्ता सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले भारतीय सेनाध्यक्ष नरवणेकाे भ्रमण अवधिकाे सुरक्षाकाे सम्पुर्ण जिम्मा नेपाली सेनाकाे रहेकाे बताए ।
‘नेपाली सेनाकाे आमन्त्रणमा हुने औपचारिक अनाैपचारिक भ्रमणकाे ब्यावस्थापन सुरक्षा जिम्मा नेपाली सेनाले नै गर्दै आएकाे छ । यसपटककाे भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेकाे सुरक्षा जिम्मा अन्य सुरक्षा निकायकाे समन्वयमा नेपाली सेनाले नै गर्ने छ ।’ पाैडेलले भने ।
प्रवक्ता पाैडेलका अनुसार भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेकाे नेपाल भ्रमणका बेला हुनसक्ने बाह्य र आन्तरिक सुरक्षा चुनाैतीकाे समेत सेनाले सुक्ष्म विश्लेषण गरेकाे छ । साेहि अनुसार नेपाली सेनाले आफ्नाे सुरक्षा रणनीति तयार पारेकाे छ ।
नेपाल बारे पटक पटक विवादित अभिब्यक्ती दिएकाे भन्दै भारतीय सेनाध्यक्ष नरवणे माथी नेपाल भ्रमणकाबेला चर्काे विराेध हुनसक्ने आँकलन गरिएकाे छ ।
नरवणेकाे नेपाल भ्रमणका क्रममा आन्तरिक विराेध हुनसक्ने पू्र्व सुचना सुरक्षा निकालयले समेत पाएकाे छ । नेपालकाे गुप्तचरी निकायले पाएकाे गाेप्य सुचना अनुसार नरवणेकाे नेपाल भ्रमणका प्रतिवन्धित विद्राेही समुह नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा देखि बैध समुह, ग्रेटर नेपाल लगायत असन्तुष्ट २१ दलिय गठबन्धनले विराेधकाे तयारी गरेकाे सुचना पाएकाे छ ।
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपाल भ्रमणका बेला अन्तराष्ट्रिय आतंकबादी समुहकाे समेत उतिकै सुरक्षा खतरा हुनसक्ने भन्दै साेहि अनुसारकाे सुरक्षा रणनीति तयार गरिएकाे सुरक्षा स्राेतकाे दावी छ । जसका कारण नरवणेकाे नेपाल आगमन भ्रमण तालिका समेत गाेप्य राखिएकाे छ । नरवणे भारतिय वायुसेनाकाे विमान मार्फत आज दिउँसाे १२ः३० काे अन्तरालमा त्रिभुवन विमानस्थल ओर्लिने छन् ।
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथी सम्मान गरिँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नरवणेलाई बिहीबार मानार्थ महारथी सम्मान दिने कार्यक्रम तय भएको छ। नरवणेले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्। करिब ७० वर्षदेखि नेपाल-भारतीय सेनाबीच मानार्थ महारथी सम्मान आदानप्रदानको कार्यक्रम हुँदै आएको छ। भारत स्वतन्त्र भए देखि नै कार्यक्रम निरन्तर हुँदै आएको हो।
नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...
काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...
नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...