तनहुँ- नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्तलाई यस स्थानसम्म पुर्याउन प्रेरणादायी बनेको घाँसीकुवा र पार्कस्थलको अस्तित्व सङ्कटमा पर्ने देखिएको छ । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्ड विस्तार गर्ने क्रममा घाँसीकुवा र भानुघाँसी पार्कस्थल सडकले असर पुर्याउने देखिएकाले अस्तित्व सङ्कटमा पर्ने भएको हो ।
जीवनभर घाँस काटेर कमाएको पैसाले केही नाउ रहोस् भनि त्यतिबेला घाँसीले उक्त स्थानमा कुवा निर्माण गर्नुभएको थियो । जुन अहिले पनि संरक्षणको अवस्थामा रहिआएको छ । सदरमुकाम दमौलीबाट करिब पाँच किलोमिटर पूर्वमा घाँसीकुवा भन्ने स्थान पर्दछ । घाँसीको सम्मानमा उक्त स्थानलाई तत्कालीन घाँसीकुवा गाविस नामकरण गरिए पनि अहिले उक्त व्यास नगरपालिका–१२ मा पर्दछ ।
सडक विस्तारसँगै अहिलेको घाँसीकुवा र भानु–घाँसी स्मारक पार्क पनि हटाउनुपर्ने अवस्था आउने हुँदा यसको संरक्षणका लागि समयमै सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयवासीको माग छ । हाल व्यास नगरपालिका–५ स्थित मानहुँ मामाघर पुगेर पैदल बाटो फर्कने क्रममा यही स्थानमा उहाँको घाँसीसँग जम्काभेट भएको भनाइ छ ।
घाँसीको प्रेरणाबाट उत्साहित भएका आदिकवि भानुभक्तले नेपाली भाषा साहित्य क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ । घाँसीको परिचय भानुभक्तले कतै उल्लेख नगरिदिएकाले घाँसी को थिए भन्ने पहिचान अझै खुल्न नसकेको भानु–घाँसी स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज भट्टराई बताउँछन् ।
घाँसीकुवा रहेको भन्दा दुई सय मिटर दूरीमा पर्ने उत्तरतर्फ करिब एक रोपनी सार्वजनिक जग्गामा स्थानीय बासिन्दाले भानु–घाँसी पार्क निर्माणको लागि दिने निर्णय गरिसकेकाले त्यस ठाउँमा पूर्वाधार निमार्ण गर्न उचित देखिएको उनले बताए ।
नयाँ विकल्पवाग्मती–पर्सा जिल्लामा करिब रु ९० करोडको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको...
नयाँ विकल्पम्याग्दी–जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माविको छात्रावास भवन निर्माण सकिएको छ । ढिलासुस्तीका कारण अधिकांश विकास आयोजना...
नयाँ विकल्पसिमकोट–हुम्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका नागरिक पाँच दिनदेखि अन्धकारमा बस्दै आएका छन् । कुकुरफाल्ना जलविद्युत्को नहर भत्केर विद्युत्...