नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार र पार्टी पदाधिकारीको बैठक बिहीबार बोलाइएको छ । तर, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने संयुक्त राज्य अमेरिकाको पेन्सेल्भिनियामा विगत एक सातादेखि रहँदै आएका छन् ।
प्रवक्ता शर्मा कात्तिक १२ गते संयुक्त राज्य अमेरिका गएका थिए । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ तारिखका दिने हुने राष्ट्रपतिय निर्वाचनको अबलोकन गर्न र नेपाली कांग्रेस जनसम्पर्क समितिका पदाधिकारीसँग भेट गर्न शर्मा त्यता गएका हुन् ।
संयुक्त राज्य अमेरिका तर्फ नेपालबाट सँगै गएका साथिलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनदेख नेपाली मूलकका अमेरिकन नागरिक शिव साहको घरमा बस्दै आएका शर्माले अमेरिकामा विभिन्न वर्ग, क्षेत्र र पेशाका नेपालीलाई भेटेका छन् ।
शर्माले मंगलबार सामाजिक सञ्जाल फेसवुकमा ‘ट्रम्प –वाइडेन को जित्लान थाहा छैन तर, यति थाहा चै तपाईं हामीले जबर्जस्त ढंगले लिनै पर्छ कि कोरोना जित्न भने मास्क, भौती दूरी र सफाई यो ३ मन्त्ती अनिवार्य जप्नु छ, अनिवार्य पालना गर्नुपर्छ’ भनेका छन् ।
कांग्रेस प्रवक्ता शर्माले अमेरिका भ्रमणको क्रममा नेपाल प्रेस युनियनका पूर्वमहासचिव तरुण पौडेलसँग पनि भेटेका छन् ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...