May 17, 2021, Monday

जोखिम भत्ता नदिइ साताको ९६ घण्टा काम लगाएपछि बीर अस्पतालका १६ डाक्टरले दिए राजिनामा


नयाँ विकल्प,

काठमाडौं – कोभिड १९ का संक्रमितको सेवामा जोखिम मोलेर कार्य गर्ने चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च पार्न सरकारले कुनै कसर वाँकी नराख्ने सरकारको दाबी झुटो र गलत सावित भएको छ ।

मुलुककै सबैभन्दा पुरानो र ठूलो बीर अस्पतालको आकश्मिक कक्षमा काम गर्ने १६ जना चिकित्सकहरुले आफूहरुलाई अपमानित गर्दै साताको ९६ घण्टासम्म धम्की दिएर काम लगाएको र आफूहरुको सुरक्षामा कुनै ध्यान नदिएको भन्दै बुधबार राजिनामा दिएका छन् ।

कतिपय चिकित्सकलाई ज्यालादारी भन्दै अपमान गरेकोभन्दै चिकित्सकहरुले बुधबार बीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका निर्देशक डा. केदारप्रसाद सेन्चुरीसमक्ष सामहूहिक राजिनामा दिएबाट सरकारले जोखिममा काम गर्ने स्वास्थ्यकर्मीलाई कुन हदसम्मको अपहेलना गरेको रहेछ भन्ने स्पस्ट हुन्छ ।

बीर अस्पतालको आकश्मिक कक्ष (इमरजेन्सी)मा काम गर्ने १६ जना चिकित्सकले राजिनामा दिए पछि बीर अस्पतालमा अब बिरामीहरु उचित सेवाबाट बञ्चित हुने त्रास बढेको छ ।

दुई महिना मात्र कार्यकाल भएका निर्देशक डा. सेन्चुरी र रेक्टर डा. सुवोध अधिकारीले अस्पतालका एक सय ९० बढी करारमा कार्यरत कर्मचारीलाई २ महिनाको मात्र म्याद थपेको र सबै स्वास्थ्यकर्मीको गत चैतदेखिको भत्ता दिएका छैनन् ।

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले बारम्बार कोभिड १९ मा, फ्रन्ट लाईनमा र आकश्किम सेवामा कार्यरत स्वास्थ्यकर्मीलाई भत्ता, सुरक्षा र अन्य सुविधाको प्रवन्ध गरिएको घोषणा गरे पनि बीर अस्पतालका चिकित्सकले गत चैत महिनादेखि कुनै भत्ता पाएका छैनन् ।

कुनै पनि स्वास्थ्यकर्मीले चैतदेखिको भत्ता र दशैं तिहारमा दिने पर्ब भत्ता समेत दिइएको छैन । विगत एक महिनादेखि बीर अस्पतालका कर्मचारीहरु आन्दोलनमा रहेका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको आशिर्वाद रहेको दाबी गर्ने निर्देशक सेन्चुरी र रेक्टर डा. सुवोध अधिकारीले दाताले दिएको स्वास्थ्य सामग्रीको बील बनाएर तथा कोरोनाको स्वास्थ्य सामग्री खरिद गर्दा आर्थिक हिनामिना गरेपनि अख्तियारले कुनै कारबाही गरेको छैन् ।

आगामी दुई महिना मात्र आफ्नो कार्यकाल रहेको भन्दै निर्देशक सेन्चुरीले आन्दोलनरत कर्मचारीको कुनै पनि माग पुरा गरेका छैनन् । अस्पतालका अन्य चिकित्सकले पनि आफ्ना माग पुरा नगरे सामूहिक राजिनामा दिने चेतावनी व्यवस्थापन पक्षलाई दिएका छन् ।

आर्थिक अनियमितता र घोटाला तथा व्यवस्थापनको लापरवाहीका कारण बीर अस्पतालको भौतिक, प्रशासनिक र स्वास्थ्य सेवा डामाडोल हुँदै जाँदा समेत स्वास्थ्य मन्त्री ढकाल मुकदर्शक भएको बीर अस्पतालका कर्मचारीले गुनासो गर्दै दैनिक आन्दोलन गरिरहेका छन् ।

सम्बन्धित समाचार

पत्रकार कार्कीको उपचारको क्रममा निधन
पत्रकार कार्कीको उपचारको क्रममा निधन
  • २०७७ कार्तिक १९, १६: ५४: ०३

नयाँ बिकल्प,ललितपुर । नेपाल प्रेस युनियन ललितपुर जिल्ला समितिका संस्थापक अध्यक्ष तथा अग्रज पत्रकार बटुकृण कार्कीको सोमबार धापाखेलस्थित समेरु अस्पतालमा...

समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
समालोचक सुवेदीको कोरोना संक्रमणबाट निधन
  • २०७७ कार्तिक १९, १६: ५४: ०३

नयाँ बिकल्पकाठमाडौं — बरिष्ठ समालोचक राजेन्द्र प्रसाद सुवेदीको कोरोना भाइरसको संक्रमणबाट सोमबार बिहान शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निधन भएको...

काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
काेराेनाका ९,२४७ नयाँ संक्रमित थपिए , २१४ जनाको मृत्यु
  • २०७७ कार्तिक १९, १६: ५४: ०३

नयाँ विकल्पकाठमाडाैं- कोरोना भाइरस संक्रमणका कारण एकै दिन २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

भर्खरै

TOP