March 5, 2021, Friday

प्रावधान नपुग्दा नागरिकता लिन समस्या

डोटी–कानूनी अड्चनका कारण जिल्ला प्रशासन कार्यालय डोटीमा नागरिकता लिन आएका सेवाग्राहीलाई दिनहुँ समस्या हुँदै आएको छ ।

नेपाली नागरिकता लिनका लागि आफ्नो आमा, बुबाको नागरिकता अनिर्वायसहित सनाखत बस्ने व्यक्तिसमेत आफ्नै नातेदार हुनुपर्नेलगायतका कानूनी प्रावधान भएका कारण जिल्लामा नागरिकता बनाउन आउने सेवाग्राही रित्तो हात फर्किन थालेका छन् ।

दुई दिन लगाएर नागरिकता लिन आएकाहरू जिल्ला प्रशासनमा माग्ने कागजात तथा ढिलो गरी नागरिकता लिन आउनुको कारणबारे कागज माग्ने गरेका कारण नागरिकता नबन्दा खाली हात फर्किनुपरेपछि आक्रोशित हुन थालेका छन् ।

यतिमात्र नभई वर्षौंसम्म नागरिकता नलिएको भए नलिनुको कारण गाउँपालिका वा वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने नियम बनाइएका कारण सेवाग्राहीलाई नागरिकता लिनमा निकै समस्या हुँदै आएको नागरिकता लिन आएका जिल्लाको केआइसिंह गाउँपालिका–२ का ५० वर्षीय स्थानीयवासी रिउले भुलले बताए ।

उनले, “म सानै उमेरदेखि भारतमा काम गर्दै आएको थिएँ, अहिले कोरोनाका कारण घरमा आएँ, घरमा हुँदा नागरिकता बनाउन जिल्ला प्रशासन जाँदा ५० वर्षसम्म नागरिकता नलिनुको कारण खोलेर ल्याउनु भनेर फिर्ता गरियो, समस्या भयो ।”
जिल्ला प्रशासनमा नेपाली नागरिकता लिनेको सङ्ख्यामा दिनहुँ वृद्धि हुन थालेको भए पनि नागरिकतासम्बन्धी विभिन्न कानूनी अड्चनका कारण कमै मात्रले नागरिकता पाउन थालेको दिपायलका स्थानीयवासी शेरबहादुर विकले बताए ।

“कोरोनाले जिल्लाबाहिर कामका लागि गएकाहरू अहिले घरमा आएका छन्, फुर्सदको समयमा नागरिकता बनाउन खोज्दा विभिन्न कानूनी अड्चन देखाएर नागरिकता बन्दैन, यस्तो सास्ती दिनु राम्रो होइन ।”

जिल्ला प्रशासनमा दैनिक १५० देखि २०० जनासम्म नागरिकता लिन आए पनि प्रशासनले खोजेको कानूनी प्रावधानअनुसारको कागजात पुर्याउन नसक्दा दिनमा जम्मा ५० देखि ६० जनाले मात्रै नागरिकता पाउने गरेका छन् ।

कोरोनाको सङ्क्रमण फैलिएपछि भारतमा रोजगारी गर्दै आएका जिल्लाका नागरिकहरू अहिले गाउँघरमा आएका र उनीहरूका श्रीमतीसहित घरपरिवारका सदस्य नागरिकता लिन आउन थालेपछि प्रशासनमा भीड बढ्न थालेको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए ।

उनले, “नागरिकता लिन आउनेको सङ्ख्या दैनिक बढ्दो छ, तर लामो समयसम्म नागरिकता नलिनुको कारण खोल्नु भन्ने कानूनी प्रावधान भएका कारण कर्मचारीले ती कागजात मागेको हुनसक्छ, त्यसैका आधारमा कसैलाई नागरिकता दिनबाट वञ्चित गरिएको छैन ।”

डोटीबाट बसाइँसराइ गरी जिल्ला बाहिर गएका व्यक्तिका घरपरिवारसमेत अहिले यहाँबाट नै नागरिकता लिन आउने गरेका कारण नागरिकता वितरणमा समस्या हुने गरेको प्रजिअ भट्टराईको भनाइ छ । यद्यपि नागरिकता लिन आउने सेवाग्राहीले जिल्ला प्रशासनले अनावश्यक कागजात माग्ने गरेका कारण नागरिकता लिनमा समस्या हुने तथा दुःख हुने गरेको आरोप लगाउँदै आएका छन् ।

यसैगरी जिल्ला प्रशासनमा तोकिएको दरबन्दीअनुसारका कर्मचारीसमेत नहुँदा नागरिकता वितरणमा समस्या हुँदै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको दरबन्दी दुई वर्षदेखि जिल्ला प्रशासनमा खाली रहेको छ ।

विभागले नयाँ सहायक प्रमुख जिल्ला अधिकारी हालसम्म नपठाएका कारण उक्त दरबन्दी खाली रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शाखा अधिकृत दुई जनाको दरबन्दी भए पनि लामो समयदेखि उक्त दरबन्दी पनि खाली छ ।

सम्बन्धित समाचार

युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
युद्धकाे अन्त्य नगर्ने कम्युनिष्ट आन्दाेलन हुन सक्तैनः विप्लव
  • २०७७ कार्तिक २०, १२: २३: २७

नयाँ विकल्प काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्र विक्रक चन्द विप्लबले नयाँ युगकाे सुरूवातीकालागि शान्तिपुर्ण राजनीति स्विकार गरेकाे...

प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
प्रधानमन्त्री ओली र विप्लव विच ३ बुँदे समझदारी पत्रमा हस्ताक्षर हुँदै
  • २०७७ कार्तिक २०, १२: २३: २७

नयाँ विकल्पकाठमाडाैं- नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच शुक्रबार सहमति पत्रमा हस्ताक्षर भएकाे छ । सहमती...

नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
नेपाली कांग्रेस र नेकपा ( प्रचण्ड-नेपाल पक्ष ) को संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
  • २०७७ कार्तिक २०, १२: २३: २७

नयाँ विकल्पकाठमाडाैं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संसदीय दलको बैठक बोलाएका छन्। आज दिउँसो...

भर्खरै

TOP