काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।
सङ्घका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।
सङ्घका वरिष्ठ सल्लाहकारमा वल्र्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा, सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएका संघले जनाएको छ ।
बुधबार भर्जुअल बैठक गरी ९ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...
नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...
नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...