काठमाडौं–गत आइतबार रातिदेखि मौसममा फेरबदल आएसँगै हुम्लामा चिसो बढ्न थालेको छ । सोमबार बिहान सदरमुकाम सिमकोटसहित तल्लो क्षेत्रमा असिनापानी परेको थियो भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत भएको थियो ।
असिनापानीसहित उच्च क्षेत्रमा हिमपात हुँदा सदरमुकाम सिमकोटमा चिसो महसुस गर्न थालिएको छ । त्यहाँको तापक्रम माइनसमा झरेको छ ।
चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको यहाँका स्थानीय राजबहादुर भण्डारीले बताए ।
चिसो बढेसँगै सदरमुकाम सिमकोटमा बसोबास गर्नेले बाक्लो कपडा खरिद गर्न थालेको बताए । चिसोको समयमा बाक्लो ज्याकेट, ऊनको टोपी, पञ्जा, गलबन्दीलगायतका बाक्लो कपडा खरिद गर्न थालेका छन् ।
सिमकोटमा रहेका पसलमा बाक्लो कपडाको खोजी गर्नेको सङ्ख्या बढ्नुका साथै यहाँका स्थानीयले बाक्लो कपडा खरिद गर्न थालेका छन् । बाक्लो खाले ज्याकेटको सिमकोटमा रु चार हजारदेखि माथिको मूल्यमा त्यहाँका किन्ने गरेका छन् ।
दिउँसो घाम राम्ररी लागे पनि चिसो हावाको मन्द चाप चिसो बढ्दै गएको महसुस सिमकोटका बासिन्दाले गरेका छन् । चिसोको समय शुरु भएसँगै सिमकोटमा बसोबास गर्दै आएका सिमकोट तल्लो गाउँ, माथिल्लो, बजारवासी, कर्मचारी र विद्यार्थीले दाउरासमेत खरिद गर्ने गर्दछन् ।
एक भारी दाउराको मूल्य सदरमुकाममा रु १ हजारसम्म पर्ने गरेको छ । चिसो याम शुरु भएसँगै न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले १११ औँ अन्तर्राष्ट्रिय महिला दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै महिलाविरुद्धको हिंसाका मुद्दालाई प्राथमिकताका...
नयाँ विकल्प काठमाडाै- काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आइतबार बसेको...
नयाँ विकल्प काठमाडाैं- –नारायण अधिकारी आफन्तसँग ढाँटेर एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल...