काठमाडौं– धादिङबाट लामाे समयदेखि पत्रकारिता पेशामा संलग्न भएका पाका पत्रकार सीताराम प्रसाद बर्माको आज बिहान ७९ वर्षका उमेरमा निधन भएको छ ।
किष्ट मेडिकल कलेज ग्वार्काे ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेका थिए ।
राष्ट्रिय समाचार समिति (रासस) का धादिङ जिल्ला समाचारदाता समेत रहेका बर्मा नेपाल प्रेस युनियन धादिङका पूर्वअध्यक्ष, नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति समेत भएका थिए ।
बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए । करीब तीन दशकदेखि राससमा कार्यरत उनी राजधानीबाट प्रकाशित स्पेशटाइम दैनिकदेखि स्थानिय पत्रपत्रिकामा पनि अावद्ध थिए ।
गोरखा पुख्र्याैली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुने भएको छ ।
नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको...
नयाँ विकल्प काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्वोच्च अदालतको संसद पूर्नस्थापनागर्ने निर्णयको सम्मान गरेको छ ।...
नयाँ विकल्प काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र...