नयाँदिल्ली–भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार ६३८ जना नयाँ संक्रमित थपिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा हाल ५ लाख २० हजार सक्रिय संक्रमित रहेको जनाएको छ । कोरोना संक्रमित कूल व्यक्तिमध्ये ७७ लाख ६५ हजार संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा भारतमा ६७० जनाको निधन भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ९८५ पुगेको छ ।
महाराष्ट्र राज्यमा अझै एक लाख ७ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
यहाँ हालसम्म ४४ हजार ८०४ जनाको मृत्यु भइसकेको छ । कर्नाटकमा भने ३३ हजार ११४ जनामा सक्रिय संक्रमण रहेको छ भने ११ हजार ३१२ जनाको मृत्यु भएको छ ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा ११ करोड ५४ लाख नमूना परीक्षण गरिएको जनाएको छ । रासस–एएनआई
नयाँ बिकल्प,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सत्तारुढ नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहले सन्ध्या तिवारी अध्यक्ष रहेको...
नयाँ बिकल्प, काठमाडौं – चन्द्रागिरी नगरपालिकास्थित विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माण हुने भएको छ । भारत सरकारको ६करोड ४९ लाख रुपैयाँ...
नयाँ बिकल्प, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको स्थायी कमिटी सदस्य पम्फा भुसालले नेपाली सेना, सशस्त्र प्रहरी र...