एजेन्सी,
नयाँ दिल्ली – भारतीय सेनाका पूर्व प्रमुख तथा चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले पूर्वी लद्धाखमा भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखामा स्थिति झन तनावपूर्ण रहेको चेतावनी दिएका छन् ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणमा हरेको बेला भारतीय सरकारका सुरक्षा प्रमुख रावतले लद्धाखमा भारतीय सैनिकमाथि चिनियाँ पिपुल्स लिबरेसन आर्मीको दुस्साहसको वदलामा अप्रत्यासित परिणामको सामना गर्नु पर्ने चेतावनी दिएका हुन् ।
रावतले भारतीय सुरक्षा निकायको पोजिसनमा कुनै सवाल नरहेको भन्दै वास्तविक नियन्त्रण रेखामा कुनै पनि किसिमको परिवर्तनलाई भारतले कुनै पनि हालतमा स्वीकार गर्न नसकिने चेतावनी दिएका हुन् ।
भारतीय सेनाको स्थल, हवाई र जल सेनाको समन्वय गरिरहेका सुरक्षा प्रमुख पूर्वसेनाध्यक्ष रावतले दुवै देशबीच स्थिति तनावपूर्ण रहेको भन्दै सीमानामा जुनसुकै किसिमको सैन्य कारबाहीको अनुमति भने हाललाई नदिइएको स्पस्ट पारेका छन् ।
भारतको नेशनल डिफेन्स कलेजद्वारा शुक्रबार आयोजित एक वेबिनारमा भारत र चीनबीच गत ‘मे’ (वैशाख)देखि लद्धाखमा शुरु भएको गतिरोध हल गर्न सैन्य वार्ता भएको र जुन (जेठ) मा गलवान घाँटीमा चिनियाँ सेनाले शारिरीक भिडन्त गर्दा भारतीय सैनिक २० जनाको निधन भएको स्वीकारेका हुन् ।
रावतले चीनका सैनिकले गत अगस्तमा भारतीय सैनिकमाथि पैंगोंग त्यसो झीलसँगैको उच्च पहाडमा हवाई गोलीबारी भएको स्वीकार गरे ।
गुसौ, नाइजेरिया–अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना...
’नयाँ बिकल्प,काठमाडौं – दुुई वर्षअघि अर्थात २०७५ फागुन २८ गते नेत्र बिक्रम चन्द उर्फ विप्लव नेतृत्वको तत्कालिन नेपाल कम्युनिष्ट पार्टीलाई...
लन्डन–विश्वका प्रमुख तेल उत्पादक मुलुकहरुको संगठन ओपेकका सदस्य राष्ट्रहरुबीच तेल उत्पादनका सम्बन्धमा पुनर्विचार गर्नेगरी अर्को साता बैठक हुनै लाग्दा तेल...