काठमाडौं–जाडो मौसम सुरुआतँंगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै आयोजनाबाट क्षमताअनुसारकै विद्युत् उत्पादन गरिएको छ ।
कुलेखानी प्रथम आयोजनाबाट साविक क्षमताको ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रो आयोजनाबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रशारणमा जोडिएको छ ।
कुलेखानीबाट उत्पादित विद्युत् अहिले काठमाडौँ, पोखरा, विराटनगर, नेपालगञ्ज, झापा, भैरहवा, जनकपुर र महेन्द्रनगरमा आपूर्ति भइरहेको कुलेखानी प्रथम आयोजनाका प्रमुख धिरेन्द्र चौधरीले बताए ।
नेपाल विद्युत प्राधिकरण काठमाडौंले विभिन्न शहरमा विद्युतको आपूर्ति कम हुन गएमा कुलेखानी आयोजनाको उत्पादनमा कटौती गर्नुपर्ने अवस्था आउने सम्भावना रहेको बताए ।
यसैगरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—१ स्थित इन्द्रसरोवर जलाशयमा अहिले पानीको सतह भरिन करिब साँढे पाँच मिटर उचाइ बाँकी रहेको कुलेखानी प्रथम आयोजनाका नियन्त्रण कक्षका प्रमुख रामकुमार चौधरीले बताए ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...