नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कोराना भाइरसबाट केन्द्रीय नेताहरु नै संक्रमित भएपछि स्थगित हुँदै आएको छ ।
पार्टी सभपाति शेरबहादुर देउवाले गत असोज १९ गते बोलाएको बैठक केन्द्रीय नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको ती नेतासँगै पदाधिकारी पनि अनौपचारिक बैठकमा सहभागी भएकाले स्थगित गरियो ।
कोरोना भाइरसबाट कांग्रेसका महामन्त्री डा. शशांक कोइराला नै दशैंअघि संक्रमित भए र आसीयुमै राखेर उपचार गर्नु पर्यो । अर्को केन्द्रीय सदस्य तथा सांसद मिन विश्वकर्मालाई पनि कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १२ देखि भेण्टिलेटरमै राखेर उपचार गरियो ।
कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगनकुमार थापालाई असोज १७ गते कोरोना पुष्टि भएको थियो । कात्तिक लागेपछि मात्र कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइं र श्यामप्रसाद हुमागाइँलाई कोरोना पुष्टि भएको थियो ।
केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरलाई कात्तिक १९ गते कोरोना पुष्टि भयो भने शुक्रबार मात्रै केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, दिलेन्द्रप्रसाद बढु, किरण यादव र सुजाता परियारलाई कोरोना पुष्टि भएको छ ।
केन्द्रीय सदस्यहरु अजयकुमार चौरसिया र रमेश रिजाललाई गत भदौ र असोज महिनामै कोरोना संक्रमण पुष्टि भएर निको भइसकेका छन् । कांग्रेसका पदाधिकारीहरु पार्टीको विभिन्न अनौपचारिक र औपचारिक बैठकमा सहभागी हुँदा कन्ट्याक्ट ट्रेसिङका कारण क्वारेन्टाइनमा बारम्बार बस्नु परेको छ ।
केन्द्रीय सदस्य सुचित्रा चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भु श्रेष्ठ पनि कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमित भएका र हाल निको नभएका नेताहरु भने बैठकमा सहभागी हुने छैनन् ।
काेरोना महामारी फैलिएसँगै कांग्रेस केन्द्रीय सदस्यहरु कुलबहादुर गुरुङ र नरहरी अचार्य पार्टीको औपचारिक बैठकमा स्वास्थ्यका कारण त्यति धेरै सक्रिय नहुने गरेका छन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने संयुक्त राज्य अमेरिकातर्फ गएकाले उत्तै अड्किएका छन् ।
नयाँ विकल्पकाठमाडाैं- नेकपा प्रचण्ड–माधव समूहले संसद सचिवालयलाई पत्र पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै निश्कासन गरेको भन्दै संसदीय दलको...
नयाँ विकल्प गुल्मी- रेसुङ्गा नगरपालिका–३ अन्तर्गत भाडगाउँमा २२ वर्षीय सम्झना बोहोरा क्षेत्रीको हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको...
नयाँ बिकल्प, ललितपुर । बुधबार बिहान कलेज हिँडेकी एक छात्रालाई ललितपुरको बागडोलस्थित रिङरोडको सडक जेब्रा क्रसिङबाट पार गर्ने क्रममा एक...