March 7, 2021, Sunday

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा शिर्ष नेताकाे छलफल जारी, प्रचण्ड उपस्थित भएनन् ।


नयाँ विकल्प,


काठमाडाैं- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डेसँग प्रधानमन्त्रीले कुराकानी गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

नेताहरूबीच एक घण्टादेखि छलफल जारी छ। नेपाल लगायतका नेता प्रधानमन्त्री केपीओलीसंगकाे छलफलकालागि आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । साे छलफलमा प्रचण्ड भने सहभागी छैनन् ।

शनिबार अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले अध्यक्ष ओलीलाई लिखित पत्र दिएर सचिवालय बैठक बोलाउन आग्रह गरेका थिए। सचिवालय सदस्यहरूबाट आएको मागपछि उत्पन्न परिस्थितिमा अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका नेता भेटेका हुन् ।

शनिबार नेता नेपालले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । पछिल्लो समय अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका छन्।

सम्बन्धित समाचार

भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
भारतद्घारा बुटबलस्थित नहरपुर माविलाई ४ करोड ४१ लाख रुपैयाँ सहयोग
  • २०७७ कार्तिक २३, १५: ३२: ०४

नयाँ बिकल्प,काठमाडौं । बुटवलस्थित नहरपुर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारत सरकारले चार करोड ४१ लाख ४० हजार रुपैयाँ...

मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
मदनराज गुरुङ स्मृति कप फुटसलको उपाधि बाह्रदशीलाई
  • २०७७ कार्तिक २३, १५: ३२: ०४

काठमाडौं । नेपाली कांग्रेस झापा — काठमाडौं सम्पर्क समिति क्षेत्र नं ६ ले आयोजना गरेको मदनराज गुरुङ स्मृति कप फुटसल...

वैधानिक नेकपा हामी हौँ :  अध्यक्ष प्रचण्ड
वैधानिक नेकपा हामी हौँ : अध्यक्ष प्रचण्ड
  • २०७७ कार्तिक २३, १५: ३२: ०४

नयाँ विकल्प काठमाडाैं -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।...

भर्खरै

TOP