November 25, 2020, Wednesday

विदेशमा अलपत्र नेपालीहरूको उद्धार सकिएकाे सरकारकाे दावी


नयाँ विकल्प,


काठमाडाैं- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। आइतबार बसेको सिसिएमसीको बैठकले यो सहित बैतडीको झुलाघाट नाका र केबलकारलगायत खोल्न सिफारिस गर्ने निर्णय गरिएकाे छ ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सिसिएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो। विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगहरूले लगभग उद्धार सकिएको जानकारी गराएपछि उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको छ ।

पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सिसिएमसीको निर्णय छ। यसैगरी, सीमानाका हुँदै नेपाल भित्रिन् १३ वटा प्रवेश बिन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरू गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।

यसैगरी केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरिएको छ। होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरूको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सिसिएमसीले गरेको छ।

कूटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारीस गर्ने तयारी भैरहेकाे सिसिएमसीले जनाएकाे छ ।

सम्बन्धित समाचार

आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
आगामी निर्वाचनमा कांग्रेसलाई जिताउनू: देउवा
  • २०७७ कार्तिक २३, १६: ०५: ४४

नयाँ बिकल्प,काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा हाल देखिएको समस्या र चुनौतिको सामना गर्न पार्टी संगठनलाई एक ढिक्का...

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकियो
  • २०७७ कार्तिक २३, १६: ०५: ४४

नयाँ विकल्प् काठमाडाैं- हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ।कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर...

पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
पाल्पामा याे बर्ष धान उत्पादन बढ्याे
  • २०७७ कार्तिक २३, १६: ०५: ४४

नयाँ विकल्प तानसेन- पाल्पामा अघिल्लो वर्षको तुलनामा सात मेट्रिकटन धानको उत्पादन वृद्धि भएको छ । जिल्लामा यसवर्ष ४० हजार ८९६...

भर्खरै

TOP