February 26, 2021, Friday

स्वर्गीय पत्रकार चौधरीको परीवारलाई आर्थिक सहयोग

सिरहाका स्वर्गीय पत्रकार कृष्णमोहन चौधरीका सन्तानको भविष्यका लागि युवाहरुले स्थापना गरेको खातामा रु ३ लाखभन्दा बढी रकम जम्मा भएको छ ।

नेपाल पत्रकार महासंघ सिरहाका सचिव रोयण्टर मण्डलको पहलमा स्वर्गीय पत्रकार चौधरीका छोराछोरीको अध्ययनका लागि राष्ट्रिय वाणिज्य बैंक सुखीपुर शाखामा खोलेको चुन्नामुना खातामा रु तीन लाख २० हजार रकम जम्मा भएको हो ।

बैंकमा खाता खोलेर सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको आर्थिक संकलन अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा संस्थाहरुबाट उक्त रकम जम्मा भएको पत्रकार मण्डलले बताए । पत्रकार मण्डलको अभियानमा देश विदेशका दर्जनौ व्यक्तिहरु सहभागी भई सके जति रकम बैंक खातामा जम्मा गरेको जनाइएको छ ।

बैंकमा जम्मा भएको रकम स्वर्गीय पत्रकार चौधरीका छोरा छोरी १८ वर्ष पुगेपछि झिक्न पाउने विधि बनाइएको पत्रकार मण्डलले बताए ।

नेपाल पत्रकार महासंघ सिरहाका सदस्य युवा पत्रकार चौधरीको यही कात्तिक ११ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।

नसासम्बन्धी रोगबाट पीडित सिरहाको सुखीपुर नगरपालिका–८ निवासी ३५ वर्षीय पत्रकार चौधरीको श्रीमती, दुई छोरा र एक छोरी छन् ।

सम्बन्धित समाचार

फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
फागुन २२ वा २३ गते संसद अधिवेशन बेलाउन सिफारिस गर्ने तयारीमा ओली सरकार
  • २०७७ कार्तिक २४, ११: ००: ३३

नयाँ बिकल्प, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...

चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
चिनियाँ र भारतीय राजदूतले भेटे कांग्रेस सभापति देउवालाई
  • २०७७ कार्तिक २४, ११: ००: ३३

नयाँ बिकल्पकाठमाडौँ – प्रतिनिधि सभा पुनःस्थापना भएपछि नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला नेपालको उत्तरी छिमेकी देश चीन र दक्षिणी...

मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
मस्तिष्क पक्षघात भएका जोशीको शल्यक्रिया गरी एमआइसीयूमा उपचार हुँदै, अवस्था गम्भीर
  • २०७७ कार्तिक २४, ११: ००: ३३

नयाँ बिकल्प,काठमाडौं – शुक्रबार राति नै अस्वस्थ भई बीर अस्पताल लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नविन्द्रराज जोशीलाई...

भर्खरै

TOP